१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

लहानमा यामाहाको नयाँ ‘थ्री एस फेसिलिटी’

काठमाडौं – नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सिराहाको लहानमा  विश्वस्तरीय सेवा सुविधा सुरु गरेको छ।

एमएडब्लुले आफ्नो डिलर एसएस अटो सेन्टरलाई यामाहाको नयाँ गाइडलाइन अनुसार स्तरोन्नति गरेर ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले यामाहा मोटरसाइकलको डिलरसिपको स्तरोन्नति गरिएको हो।

नयाँ सोरुमको उद्घाटन मिस नेपाल २०१७ निकिता चन्दकले गरेकी थिइन् । एसएस अटो सेन्टरबाट ग्राहकले अब विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्री एस’ सहित एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउनेछन्।
यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन्।

मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजिआरआर, सलुटो र प्राविधिक रुपमा उच्चस्तरीय आर३ उपलब्ध छन् । यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सिसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको कम्पनीले जनाएको छ।

प्रकाशित: २८ माघ २०७४ ०७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App