१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

डिभिजन २ क्रिकेट : नेपाल युएईसँग भिड्दै

नामिबिया – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपालले आइतबार (आज) युएईको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउसो १ः१५ विन्डहकमा सुरु हुनेछ।

यसअघि भएका २ मध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाललाई अघिल्लो चरणमा प्रवेश गर्न आजको खेलमा जित्नैपर्ने दबाब छ।

पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित गरेको थियो ।
प्रतियोगिताको सुरुवाती खेलमा आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा भने ओमनसँग ६ विकेटले पराजित भएको थियो।

बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा भने नेपालको प्रदर्शन कमजोर देखिएको छ । आजको खेलमा नेपाललाई ब्याटिङमा राम्रो गर्नुपर्ने चुनौति छ।

नेपालसँग भिड्न लागेको ओमानले पनि पहिलो खेलमा केन्यालाई हराएको थियो भने दोस्रो खेलमा क्यानाडासँग हार ब्यहोरेको थियो।

प्रतियोगितामा क्यानाडा ४ अंकसहित शीर्ष स्थानमा छ । प्रतियोगितामा नेपालसँगै युएई, क्यानडा, नामिबिया, केन्या र ओमान  गरी ६ टोलीको सहभागीता रहेको छ। 

प्रकाशित: २८ माघ २०७४ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App