१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

न्यु डायमन्ड, एपिएफ र आर्मी विजयी

चितवन – चितवनको पटिहानीमा प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको पहिलो दिन न्यु डायमन्ड, नेपाल आर्मी र एपिएफले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा समूह ‘बी’ मा बलियो मानिएको शिवम न्यु डायमन्डले भारतको हरियाणा पुलिसको महिला टिमलाई ३–० को सेटमा सजिलै पराजित ग¥यो ।  न्यु डाइमन्डले २५–२०, २५–७,  २५–१५ को जित हात पा¥यो।

समूह ‘ए’ कोे अर्को खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले इन्फ्याट बंगलादेशलाई ३–० को सेटमा पराजित ग¥यो । बलियो एपिएफसमक्ष बंगलादेशी टिम निरीह देखियो । एपिएफले बंगलादेशमाथि २५–६, २५–७ र २५–७ को जित दर्ता गरायो ।
शनिबार नै भएको अर्को खेलमा गृहजिल्लाको टिम चितवन टाइगरलाई अर्को विभागीय टिम नेपाल आर्मीले सोझो सेटमा  पराजित ग¥यो । समूह ‘बी’ को यो खेलमा आर्मीले २५–१२, २५–१५,  २५–१० को जित निकाल्यो।

प्रतियोगितामा सहभागी ७ टिमलाई २ समूहमा विभाजन गरिएको छ ।  दुई समूहबाट दुई–दुई टोलीलाई सेमिफाइनलमा लगिने म्याच कमिस्नार लेखनाथ शर्मा पराजुलीले जानकारी दिए।  

प्रतियोगिताका विजेताले २ लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र एवं सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइनेछ । प्रतियोगिताको शनिबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन्।  
 

प्रकाशित: २८ माघ २०७४ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App