१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मकवानपुरको लगातार तेस्रो जित

काठमाडौं – मकवानपुर  क्रिकेट क्लबले दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा शनिबार लगातार तेस्रो जित हात पारेको छ।

मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मकवानपुरले टीकापुर क्रिकेट क्लबलाई १९ रनले पराजित गरेको हो ।मकवानपुरले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको टीकापुरले १७ ओभरमा १ सय २६ रन मात्र जोड्यो।

ओपनर सुशान्त सिंह थापा ९ रन जोड्दै पवेलियन फर्केपछि अर्का ओपनर रवीन्द्रजंग शाहीले राजन शेरचनसँग दोस्रो विकेटका लागि ८३ रनको साझेदारी गर्दै टीकापुरलाई जिततर्फ डोे¥याएका थिए । तर रवीन्द्रजंग रविन गुरुङको बलमा कट एन्ड बोल्ड भएपछि टीकापुरको इनिङ धरमराएको थियो । रवीन्द्रजंगले ४६ र राजनले ४४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकसमेत भेट्टाउन सकेनन्।
यसअघि टस जितेर ब्याटिङ रोजेको मकवानपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४५ रनको योगफल खडा गरेको थियो।
मकवानपुरका लागि हरि चौहानले ४९ र सुमन सुनारले अविजित २९ रन जोडे।

यसअघि शनिबारै सम्पन्न पहिलो खेलमा निर्मल थापाको अविजित ७१ रनप्रेरित इन्टर–डिस्ट्रिक्ट स्पोटर््स क्लबले बुटवल क्रिकेट ब्वाइजलाई २२ रनले हराउँदै क्वार्टरफाइनल सम्भावना जीवित राखेको छ । इन्टर–डिस्ट्रिक्ट स्पोर्ट्स क्लबले प्रस्तुत गरेको १ सय २७ रनको लक्ष्य पछ्याएको बुटवल १ सय ४ रनमा समेटियो।

 

 

प्रकाशित: २८ माघ २०७४ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App