१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आयोजक कुमारी अन्तिम आठमा

काठमाडौं – आयोजक कुमारी स्कुल शनिवार केब्स कप अन्तरस्कुल ३÷३ बास्केटबल प्रतियोगिताको छात्र क्वाटरफाईनल प्रवेश गरेको छ ।  कुमारी ‘ए’ ले जीवनतारा स्कुललाई ११–१ ले पछाडि पार्दै क्वार्टरफाइनल पुगेको हो।

त्यस्तै, आयोजक कुमारीसँगै भेनस स्कुल, नवज्योति स्कुल, बुद्धप्रकाश स्कुल र चिल्ड्रेन लिवर्टीले छात्रतर्फ अन्तिम आठमा आफ्नो स्थान पक्का गरेका छन्।  

त्यस्तै गरी, युनिभर्सल र बाबा बोर्डिङ छात्रातर्फ समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेका छन् । समूह उपविजेता बन्दै हिम्स स्कुल पनि अन्तिम चार पुगेको छ।  

नवज्योति स्कुल आयोजक कुमारी र बुद्धप्रकाश स्कुललाई हराउँदै जुनियर ब्वाइजतर्फ सेमिफाइनल प्रवेश गरेको छ ।  काठमाडौँमा जारी यस प्रतियोगितामा कुल ३१ टोली सहभागी छन्।  

प्रकाशित: २८ माघ २०७४ ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App