क्यासिनोमा अवैध पाँच विदेशी कामदार

आइतबार, २८ माघ २०७४, ०७ : ०८ सुशील भट्टराई  | @sushbhattarai

काठमाडौं – नेपालमा विदेशी लगानीमा स्थापना भएको पहिलो पाँचतारे ‘टाइगर प्यालेस रिसोर्ट’ को उच्च व्यवस्थापन हेरिरहेका पाँच विदेशी श्रम स्वीकृतिबिना काम गरिरहेको भेटिएको छ। 

सम्बद्ध स्रोतका अनुसार निःशुल्क भिसामा नेपाल आएका उनीहरू विगत ६ महिनादेखि रुपन्देही तिलोत्तमा नगरपालिका–१७ कोटिहवामा पाँचतारे स्तरको रिसोर्ट टाइगर प्यालेसको क्यासिनोमा प्रबन्धकदेखि महाप्रबन्धकसम्मका तहमा कार्यरत छन्। 

नेपालको कानुनअनुसार विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति लिएरमात्र काम गर्न पाउँछन् । तर, ती पाँच विदेशी भने श्रम स्वीकृतिबिना नै कार्यरत रहेको स्रोतले जानकारी दियो । उनीहरूबारे केही दिनयता अध्यागमन विभागले जानकारी लिइरहेको छ। 

बेलायतका पौल सिम्मन्स, अस्ट्रेलियाका एन्थोनी चाल्र्स ज्याक्सन, रुसका रामी ओबेइड, अस्ट्रेलियाका केभिन जोन विल्कक्स र फिलिपिन्सका भिक्टोरियो जेआर फेबाबियर विगत ६ महिनादेखि रुपन्देही तिलोत्तमा नगरपालिका–१७ कोटिहवामा पाँचतारे स्तरको रिसोर्ट टाइगर प्यालेसको क्यासिनोमा प्रबन्धकदेखि महाप्रबन्धकसम्म तहमा कार्यरत छन्।

टाइगर प्यालेस रिसोर्टसहित त्यसमा सञ्चालित क्यासिनोमा अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड रुपैयाँ लगानी छ । यसको नेपाली साझेदार कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालि हो । यही ग्रुपले काठमाडौंमा क्यासिनो मिलेनायर्स क्लब पनि सञ्चालन गरिरहेको छ।

स्रोतका अनुसार श्रम स्वीकृतिबिना उक्त क्यासिनोमा काम गरिरहेका विदेशीमा बेलायतका पौल सिम्मन्स, अस्ट्रेलियाका एन्थोनी चाल्र्स ज्याक्सन, रुसका रामी ओबेइड, अस्ट्रेलियाका केभिन जोन विल्कक्स र फिलिपिन्सका भिक्टोरियो जेआर फेबाबियर छन् । तीमध्ये पौल क्यासिनोका उपाध्यक्ष, एन्थोनी र केभिन महाप्रबन्धक, रामी फुड एन्ड बेभरेज म्यानेजर र भिक्टोरियो प्रबन्धक हुन्।

‘नेपालमा दक्ष जनशक्ति जत्ति पनि छन् । विदेशी आए पनि श्रम स्वीकृति लिएर कानुनी हिसाबमा केही समय काम गरेपछि दक्षता हस्तान्तरण गरेर छोड्नुपर्छ,’ टाइगर प्यालेस रिसोर्ट तथा क्यासिनोको नेपालस्थित आधिकारिक कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईंले शनिबार नागरिकसँग भने, ‘यसबारे मैले क्यासिनोका प्रमुख कार्यकारी अधिकृत माइक बल्सोभरसँग धेरैपटक भन्दा पनि उनले बेवास्ता गर्दै आएका छन् ।’
क्यासिनो स्रोतका अनुसार गैरकानुनी काम गरिरहेका सबै पाँच विदेशीले तलब हङकङस्थित कार्यालयबाट लिइरहेका छन् भने यहाँ आवश्यक अन्य सबै सुविधा क्यासिनोले उपलब्ध गराइरहेको छ। 

‘क्यासिनोलाई विदेशी पर्यटकको गन्तव्य बनाउने र त्यहाँ काम गर्ने सबै नेपाली राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ बजगाईंले भने, ‘तर, यसमा पनि प्रमुख कार्यकारी माइकले जबरजस्ती गर्दै आएका छन् भने अन्य धेरै विषयमा कुरा मिलेको छैन।’
त्यसैगरी क्यासिनोको नाम ‘सिल्भर हेरिटेज म्यानेजमेन्ट क्यासिनो’ राख्ने सहमति तोडेर प्रमुख कार्यकारी माइकले ‘टाइगर प्यालेस रिसोर्ट क्यासिनो’ नाम जबरजस्ती राखेका छन्। 

सिल्भर हेरिटेज ग्रुप अस्ट्रेलियाको सिड्नी स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हो । ग्रुपले नेपालमा पहिलो चरणमा १० अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ । यसमा क्यासिनो मिलेनायर्स क्लब, टाइगर प्यालेस रिसोर्ट, विभिन्न ठाउँमा पाँचतारे होटल, जलविद्युत् आयोजना आदि छन् । लगानी वृद्धि गर्दै ३० अर्बसम्म पु¥याउने ग्रुपको लक्ष्य छ ।  
टाइगर प्यालेस रिसोर्टमा पहिलो चरणमा १ सय कोठा सञ्चालनमा ल्याइएको छ भने दोस्रो चरणमा थप ३ सय कोठा पाहुनाका लागि तयार हुने तथा सबै कोठा ‘डिलक्स’ हुने रिसोर्ट सञ्चालकले जानकारी दिएका छन्।

रिसोर्टमा तत्काल करिब ३ सयजनाले रोजगारी पाएका छन् । रिसोर्टमा पूर्ण रूपमा तयार भएपछि न्यूनतम १ हजार ५ सयदेखि १ हजार ८ सयजनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । यसमध्ये ९५ प्रतिशत जनशक्ति स्थानीय हुनेछन् । रिसोर्टले १५ बिघा क्षेत्रफल ओगटेको छ। 

रिसोर्टले बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक लक्ष्य गरेको छ । प्रतिरात प्रतिकोठा २ सय अमेरिकी डलरमा बिक्री गर्ने योजना रिसोर्ट व्यवस्थापनको छ । यो मूल्य १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक हो । रिसोर्ट पूर्ण रूपमा तयार भएपछि कोठाको मूल्य  यकिन हुने रिसोर्टको भनाइ छ।

 







यसमा तपाईको मत

अन्य समाचार

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरसम्बन्धी प्रस्ताव दुवै बैंकको साधारण सभाबाट पारित भएसँगै यी दुईका एटिएम कार्ड जुनसुकैको...

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ द्वारा सम्मानित भएको छ । ...

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बिमा योजनाले प्रचलनमा आएको केही दिनमै मन जित्न सफल भएको कम्पनीले...

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

फूड फेस्टिवलमा परम्परागत पंजाबी खाना सस्तो मूल्यमा शाकाहारी र मांसाहारी दुवै उपलब्ध छन् जुन सबै पंजाबको राजमार्ग ढाबाबाट प्रेरित छन्।

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

Ncell Footer Ad