१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडाको उद्धार

रत्ननगर(रासस)- चितवनको सौराहास्थित शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडाको आज बिहान सकुसल उद्धार गरिएको छ।

सौराहाको एक घरमा बनाइएको शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडालाई आज बिहान सकुसल उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।

राती आवतजावत गर्ने क्रममा सौराहा आसपास घुम्दै हिँड्ने गैँडा सेफ्टी ट्यांकीमा परेको थियो। राति हात्तीसहित निकुञ्जका कर्मचारी र सेनाको टोलीले गैँडाको उद्धार गरेको उद्वारमा खटिएका चितवन राष्ट्रिय निकुञ्जका पशुस्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिए। सेफ्टी ट्यांकीको बिर्को(ढकन) भासिन गई गैँडाभित्र पस्न पुगेको थियो।

उनकाअनुसार सेफ्टी ट्यांकी भत्काई बाटो बनाएर गलको सहयोगमा गैँडालाई निकालिएको हो। यसैबीच चितवन राष्ट्रिय निकुञ्जले आसपास क्षेत्रको घर वरपर बनाइएका खाल्डाखुण्डी पुरेर सुरक्षित राख्न मध्यवर्ती क्षेत्रका बासिन्दालाई अपिल गरेको छ।
यस्ता खाडल पुर्न र सेफ्टी ट्यांकी, गोबर ग्यासका लागि बनाएको स्थानलाई सुरक्षित राख्न निकुञ्जको पूर्वी सेक्टर कार्यालय चितवनले सार्वजनिक सूचना नै जारी गरी अपिल गरेको हो।
यस्ता खाल्डाखुल्डीमा बाघ, गैँडा, हात्ती तथा दुर्लभ वन्यजन्तु परेर फस्ने तथा मृत्युसमेत हुनसक्ने भएकाले ध्यानाकर्षण गराइएको निकुञ्जको पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले जानकारी दिए।  
 

 

प्रकाशित: २७ माघ २०७४ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App