१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नवलपुरमा जिल्ला अस्पताल स्थापना गर्न पहल

नवलपरासी-  नवलपरासीको बर्दघाट (सुस्ता पूर्व ) जिल्लामा जिल्ला अस्पताल स्थापनाका लागि पहल थालिएको छ ।हाल सो जिल्लामा केही महिनाअघि जिल्ला स्वास्थ्य कार्यालय स्थापना भए पनि सरकारी स्वामित्वको जिल्ला अस्पताल हालसम्म स्थापना हुनसकेको छैन् ।

वर्तमान दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी जिल्ला अस्पतालको रुपमा विकास गर्न पहल थालिएको केन्द्रका सञ्चालक समितिका अध्यक्ष एकदेव पौडेलले जानकारी दिए।

यसका लागि नेपाली काँग्रेसका महामन्त्री डा सशांक कोइरालासहितको टोलीले सो केन्द्रलाई जिल्ला अस्पतालका रुपमा स्तरोन्नती गर्न माग राख्दै बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ ।
यसैबीच सो टोलीले मुख्य सचिव लोकदर्शन रेग्मीसँग पनि भेटघाट गरी जिल्ला अस्पताल स्थापना गर्न यसबारे विस्तृत जानकारी गराएको छ ।

सो भेटघाटको क्रममा टोलीसँग प्रधानमन्त्री देउवासहित मुख्य सचिव रेग्मीले जिल्ला अस्पताल स्थापना गर्न सक्दो सहयोग गर्ने प्र्रतिबद्धता व्यक्त गरेका केन्द्रका सञ्चालक समितिका अध्यक्ष पौडेलले जानकारी दिए ।

अहिले नवलपरासी – बर्दघाट सुस्ता पूर्व जिल्लामा दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी जिल्ला अस्पतालको रुपमा विकास गर्न सो स्थान उपयुक्त मानिएको छ, २०३६ सालमा दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको हो । रासस
 

प्रकाशित: २७ माघ २०७४ ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App