१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओली र प्रचण्डबीच के भयो समझदारी ?

काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। 

राजधानीमा बिहीबार भएको भेटमा राष्ट्रिय सभा निर्वाचनको परिणाम, प्रदेश सरकार गठन र पार्टी एकताबारे छलफल भएको बताइएको छ। पार्टी एकता सम्बन्धमा प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने समझदारी भएको नेताहरुले बताएका छन्। 

दुई नेताको सहमतिअनुसार पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ। संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्नेछ।

निर्वाचनअघि एमालेसँग ६०/४० को भागवण्डासहित वाम गठबन्धन गरेको माओवादी केन्द्र अहिले प्रदेश सरकारसम्म आइपुग्दा ३० प्रतिशतमा झरेको छ। प्रदेश सरकारको गठनपछि केन्द्रमा सरकार बनाउने र त्यसपछि मात्रै पार्टी एकता गर्ने तयारी दुई पार्टीको रहेको बताइन्छ।

प्रकाशित: २५ माघ २०७४ १०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App