प्रदेश नम्बर ७ : कुन मन्त्रालय कहाँ ?

बिहिबार, २५ माघ २०७४, १४ : २० दिलिप प्रकाश कार्की

काठमाडौं –  प्रदेश नम्बर ७ मा रहने मन्त्रालयहरुको भवन निश्चित भइसकेको छ। सरकारले प्रदेश प्रमुखहरुलाई दिएको सूचीमा  प्रदेशमा ७ मन्त्रालय तोकिएको छ। जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा विकास, समाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेशमा रहेनछन्। ७ नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएको धनगढीमा  बैठक हल, सभामुख र उपसभामुखको कार्यालय तथा निवास, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अन्य मन्त्रालयको भवनको लागि सरकारी कार्यालय खालि गराउँदा अन्य कार्यालयको लागि ठाउँ व्यवस्थापन गर्न सकस भएको छ।

नेपालको संविधानको धारा २८८ को उपधारा २ मा यस संविधान बमोजिम प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुईतिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुनेछ भन्ने व्यवस्था र सोही धाराको उपधारा ३ मा उपधारा २ बमोजिम निर्णय नभएसम्म नेपाल सरकारले तोके बमोजिमको स्थानबाट प्रदेशको कार्य सञ्चालन हुनेछ भन्ने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार सरकारले तोकेको अस्थायी राजधानीमा भौतीक पुर्वाधारको जोहो गर्न थालीएको हो।

अस्थाई राजधानी धनगढीमा मुख्यमन्त्री कार्यालय, मन्त्री कार्यालय, सभामुख कार्यालय तथा निवासहरुका लागी गत बिहीबार संरचनाको टुंगो लगाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए। मुख्यमन्त्रीको कार्यालय लगायत मन्त्रालयका लागी सरकारी कार्यालयलाई नै प्रयोग गरिने भएको छ । मुख्यमन्त्री, मन्त्री र सभामुखका लागी टुंगो लगाइएका कार्यालयमा तिव्र रुपमा मर्मत कार्य सुरु गरिएको छ ।

प्रदेश सचिव लक्ष्मिराम पौड्यालका अनुसार तत्काल खाली गर्न सकिने सरकारी कार्यालय र क्षेत्रिय कार्यालयलाई नै मुख्यमन्त्री, मन्त्री र सभामुखको कार्यालय बनाउने निर्णय गरेको हो। उक्त सरकारी कार्यालयहरुलाई अन्य सरकारी कार्यालयमा एकैठाउँमा रहने गरी व्यवस्थापन गरिएको छ । जस्तो क्षेत्रीय वन कार्यालयलाई जिल्ला वन कार्यालयमा, कृषि कार्यालयलाई सहकारीमा र केहीलाई सोही ठाउँमा व्यवस्थापन गरिएको छ ।

कुन कार्यालय कुन स्थानमा ?

प्रदेश सभाः जिल्ला समन्वय समितिको सभा हल

प्रदेश सभा सचिवालयः जिल्ला समन्वय समितिको कार्यालयमा

प्रदेश प्रमुखको सचिवालयः घरेलु तथा साना उद्योग कार्यालय भवनमा

प्रमुख प्रमुखको निवासः क्षेत्रीय वन निर्देशनालय

सभामुखको कार्यालयः जिल्ला प्राविधिकको कार्यालय

सभामुखको निवासः वनस्पती कार्यालयको माथिल्लो तलामा

मन्त्रालय कहाँ ? 

मुख्यमन्त्रीको कार्यालय र निवासः धनगढी रातोपुल नजिक यातायात व्यवस्था कार्यालय सेतीको नवनिर्मित भवनमा

आन्तरिक मामिला तथा कानून मन्त्रालयः जिल्ला कृषि विकास कार्यालयको भवनमा

आर्थिक मामिला तथा योजना मन्त्रालयः आन्तरिक राजस्व कार्यालय कैलालीको नव निर्मित भवनमा

भौतिक पूर्वाधार तथा विकास मन्त्रालयः क्षेत्रिय सिंचाई निर्देशनालयको भवनमा

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयः क्षेत्रिय पशु कार्यालयको भवनमा

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयः क्षेत्रिय वन निर्देशनालयको भवनमा

सामाजिक विकास मन्त्रालयः जिल्ला जनस्वास्थय कार्यालय कैलालीको नवनिर्मित भवनमा

 

 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad