विश्व क्रिकेट लिग : नेपालले भोलि नामिवियासँग खेल्ने

बुधबार, २४ माघ २०७४, २२ : ०० नागरिक

काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले बिहीबारको उद्घाटन खेलमा आयोजक नामिवियासँग प्रतिस्पर्धा गर्ने भएको छ। 

नेपाली टोली यसअघि सन् २०१५ मा डिभिजन टू खेल्नकै लागि नामिविया पुगेको थियो। त्यतिबेला नेपालले क्यानडा र नामिवियालाई पराजित गरेको थियो भने केन्यासँग हार बेहोरेको थियो। 

जसमा दुई टोली नामिविया र नेदरल्याण्ड फाइनलमा पुग्दा नेपाल रनरेटको आधारमा तेस्रो स्थानमा रहेको थियो। नेपालसँगै आयोजक नामिविया, युएई र केन्या विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चार स्थानमा रहँदै डिभिजन टु मा घटुवा भएका हुन्। 

त्यसैगरी ओमन र क्यानडा डिभिजन थ्री को शीर्ष दुई स्थानमा रहँदै डिभिजन टु मा बढुवा भएका हुन्। विभिन्न छ टोलीले भाग लिएको उक्त प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा विजय लक्ष्यका साथ नामिवियाको डब्लुएपी मैदानमा आयोजकसँग भिड्नेछ। 

प्रतियोगितामा नेपालसहित नामिविया, केन्या, संयुक्त अरब इमिरेट्स (युएई), क्यानडा र ओमान सहभागी छन्। जसमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले अर्को महिना जिम्वावेमा हुने एक दिवसीय विश्व कप छनोट खेल्न पाउनेछ। 

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी, वसन्त रेग्मी, शक्ति गौचन, करण केसी, ललितसिंह भण्डारी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अनिलकुमार शाह, रोहितकुमार पौडेल र दीलिप नाथ छन्। 





यसमा तपाईको मत

अन्य समाचार

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

Ncell Footer Ad