पशुपतिमा महाशिवरात्रिको तयारी शुरु

बुधबार, २४ माघ २०७४, १८ : ३६ नागरिक

काठमाडौँ (रासस)- पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु गरिएको छ। शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले आठ उपसमिति गठन गरेको छ।
आवास तथा भौतिक, स्वास्थ्य एवं वातावरण, प्रचारप्रसार, सन्त तथा धार्मिक कार्यक्रम, सुरक्षा तथा दर्शन, स्वयंसेवा, साज सजावट र रात्रिकालीन व्यवस्था गरी आठ उपसमिति गठन गरिएको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिए।
कोष सञ्चालक परिषद् सदस्यको संयोजकत्वमा उपसमिति गठन गरिएको हो। कोषले गत वर्षदेखि मूलसमिति गठन गर्न छोडेको छ । काम उपसमितिले नै गर्ने र मूलसमितिका नाममा पशुपति प्रवेशको पास मात्र वितरण हुन थालेपछि गठन नगरिएको उनले बताए।
कोषले शिवरात्रिमा दर्शनका लागि विशेष पास एवं सःशुल्क पासको व्यवस्था पनि खारेज गरेको छ। पशुपति क्षेत्रमा देश विदेशका साधु सन्त आउन थालेपछि सोमबारदेखि नै अन्नपूर्ण भण्डार, भागवतानन्द आश्रम र जम्मु काश्मीरबाट आउनुभएका मोहननाथ बाबाले संयुक्त रुपमा निःशुल्क भण्डाराको व्यवस्था गरेको कोषले जनाएको छ।
गुठी संस्थान पशुपति गोश्वाराले फागुन कृष्ण एकादशी अर्थात् विजया एकादशीका दिन माघ २८ गतेदेखि शिवरात्रिको पर्सिपल्ट अर्थात् फागुन कृष्ण औँसी फागुन ३ गते बिहीबारसम्म मेला भर्न आएका साधु सन्तलाई निःशुल्क भोजनको व्यवस्था गर्नेछ ।
फागुन कृष्ण दशमीका दिन राष्ट्रपति विद्यादेवी भणडारीले संकल्प गर्ने दक्षिणा र उपहार दिएर फागुन कृष्ण औँसीका दिन साधु सन्तलाई बिदाइ गर्ने परम्परा छ । बिदाइमा नागाबाबालाई पेडा र दक्षिणा एवं अन्य साधु सन्तलाई खिचडी तथा दक्षिणा दिइने संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डेले जानकारी दिए। एकादशीकै दिनदेखि संस्थानले साधु सन्तलाई आगो ताप्न दाउरा वितरण गर्ने तयारी गरेको छ । शिवरात्रीमा वितरण गर्न ४५ हजार केजी दाउरा किनिएको संस्थानले जनाएको छ।
 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad