२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

समर्थकबाट म्यान अफ दी म्याच

काठमाडौं – काल्सबर्गको ग्राहक क्याम्पियन विजेताले आइतबार लिभरपुल र टोटेनह्यामबीचको खेलमा म्यान अफ दी म्याच घोषित मोहम्मद सालाहलाई अवार्ड प्रदान गरेका छन् ।काल्र्सबर्गको फच्र्युन फेबर्स द फ्यान्स, प्रोब्याब्लीका विजेता रविन श्रेष्ठले सालाहलाई म्यान अफ दी म्याच अवार्ड हस्तान्तरण गरेका थिए ।

लिभरपुलसँग साझेदारी भएको २५औं वार्षिकोत्सवकोे अवसरमा उत्सव मनाउनका लागि काल्सबर्गले फच्र्युन फेबर्स द फ्यान्स, प्रोब्याब्ली क्याम्पियनको लक्की ड्रबाट छानिएका ३ विजेतालाई लिभरपुल पठाएको थियो ।
पुस १४ गते गरिएको ‘लक्की ड्र’मा रिफ रेस्टुरेन्ट एन्ड लाउन्जबारबाट रबिन श्रेष्ठ, अमृत ट्रेडर्सबाट शालिग्राम कँडेल र ईविजा लाउन्ज एन्ड बारबाट दवाङ तामाङ भाग्यशाली बनेका थिए ।

२५औं वार्षिकोत्सव अवसरलाई नेपालका लिभरपुल फ्यानहरूलाई एनफिल्ड रंगशालामा भएको लिभरपुलमा र टोटेनह्यामबीचको खेल प्रत्यक्ष रूपमा हेर्न भिआइपी हस्पिट्यालिटी प्याकेज जित्ने अवसरको सृजना गरेको थियो ।
 

प्रकाशित: २४ माघ २०७४ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App