१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चितवनमा अन्तर्राष्ट्रिय भलिबल हुने

काठमाडौं– चितवनको पटिहानीमा शनिबारबाट प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

महोत्सवकै रूपमा गरिन लागेको प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रमका साथै खेलसामग्री स्टलहरू पनि राखिने आयोजक भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष एवं प्रतियोगिताका संयोजक विष्णुराज महतोले जानकारी गराएका छन् ।

प्रतियोगितामा भारतको फ्रेन्च क्लब कोलकाता र बंगलादेशको एउटा टिम सहभागी हुने पक्का भइसकेको बताउँदै प्रचारप्रसार संयोजक रामहरि सेढाइँले नेपालबाट सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबका साथै पश्चिमाञ्चल भलिबल संघ र न्यु डायमन्ड एकेडेमीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

फागुन १ सम्म आधारभूत विद्यालय धनौजीको कोर्टमा हुने प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १ लाख तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै चौथो हुने टोलीलाई सान्त्वनास्वरूप २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । यसै गरी लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् ।
 

प्रकाशित: २४ माघ २०७४ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App