१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रधानन्यायाधीशविरुद्ध मुद्दा दर्ता भएन

काठमाण्डौं– प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको दावी सहितको अहवेलना मुद्दा सर्वाेच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ।

सर्वाेच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले उक्त मुद्दा दर्ता अस्वीकार गरेका हुन् । निवेदक मनोज अधिकारीले पेश गरेको निवेदनमा मुद्दा दर्ता गर्न आउनुको कारण नखुलेको उल्लेख गर्दै रजिष्ट्रारले निवेदन फिर्ता गरेका हुन्। निवेदकले कारण खुलाइ पेश गरेको मुद्दा दर्ता वा दरपीठ गर्नुपर्ने कानुनी व्यवस्था छ।

सर्वाेच्च अदालतले दायर गरेको गोविन्द केसी विरुद्धको अवहेलना मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीले उनका कानुन व्यवसायी अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई बोलाएर धम्क्याएको रहस्य खुलेको भन्दै विचाराधिन मुद्दाका पक्ष वा कानुन व्यवसायीलाई धम्क्याउने कार्यबाट अदालतको अवहेलना भएको दावी सहित अधिकारीले सर्वाेच्च अदालतमा पराजुलीविरुद्ध अवहेलनाको निवेदन पेश गरेका थिए ।

 

प्रकाशित: २३ माघ २०७४ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App