१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

प्रकृति, श्रेया, हन्नाह र सेहाङलाई उपाधि

काठमाडौं – कलेज अध्ययनरत किशोरीहरूबीच राजधानीमा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस कलेज आइकन २०१८’को उपाधि प्रकृति कार्कीले जितेकी छन् । एएनपी मिडिया हाउसले आयोजना गरेको प्रतियोगितामा प्रकृतिले ‘बेस्ट हेयर’को विधागत उपाधि पनि पोल्टामा पारिन् ।प्रतियोगितामा सिसम आचार्य ‘फस्ट रनर्सअप’सँगै ‘मस्ट आइकनिक आइज’, अञ्जली चित्रकार ‘सेकेन्ड रनर्सअप’सँगै ‘मस्ट ब्युटिफल आइज’ र ‘फेसन आइकन’, युनिशा बजगार्इं ‘थर्ड रनर्सअप’सँगै ‘मिस ट्यालेन्ट’ र ‘फेसबुक च्वाइस’ भए ।

विधागततर्फ निर्मला पुरी ‘मस्ट पपुलर’ र ‘मस्ट एक्टिभ’, सिरिन गुरुङ ‘मिस क्याटवाक’, वृक्षा सिलवाल ‘बेस्ट स्किन’ र ‘मस्ट फोटोजेनिक’, सुमी महर्जन ‘बेस्ट पर्सनालिटी’, मीना तामाङ ‘मस्ट चार्मिङ’, अनिशा पोखरेल ‘बेस्ट स्पिच’, अनिशा देउला ‘बेस्ट फिटनेश’, डोल्मा वाइबा ‘मस्ट फ्रेण्डली’, दीपा मगर ‘मिस ब्युटिफुल’, रोशनी राई ‘मिस कन्जिनियालिटी’, शालु चौधरी ‘मस्ट डिसिप्लेन’, अस्मी शाक्य ‘बेस्ट फिजिक’, स्वेता बलामी ‘बेस्ट सिंगर’ र ‘मस्ट कन्फिडेन्ट’ तथा सगुना खड्का ‘बेस्ट डान्सर’ बने ।

त्यस्तै ‘लिटिल आइकन नेपाल २०१८’ को जुनियरतर्पm श्रेया लिम्बुले शीर्ष उपाधिसँगै ‘मिस पर्फेक्ट’को विधागत अवार्ड सुरक्षित पार्दा अनुष्का तामाङ ‘फष्ट रनर्सअप’सँगै ‘मस्ट बेस्ट हेयर’ र ‘फेसबुक च्वाइस’, प्रमिसा राई ‘सेकेन्ड रनर्सअप’का साथ ‘मिस क्याटवाक’, ‘बेस्ट पर्सनालिटी’ र ‘मेनेजमेन्ट च्वाइस’, ग्रीवा घिमिरे ‘थर्ड रनर्सअप’का साथ ‘मस्ट व्युटिफुल आइज’ र ‘मस्ट फोटोजेनिक’, आदिता चाम्लिङ राई ‘फोर्थ रनर्सअप’का साथ ‘बेस्ट स्किन’ र ‘बेस्ट आर्टवर्क’ भए ।

विधागततर्फ कामना राई ‘मस्ट पपुलर’ र ‘बेस्ट स्पीच’, सलिना गुरुङ ‘मिस ट्यालेन्ट’, रेनुका मगर ‘मस्ट चार्मिङ’, अक्षता गुरुङ ‘बेस्ट फिटनेश’, सुनिता श्रेष्ठ ‘मस्ट फ्रेन्डली’, सुसिना बराइली ‘मिस ब्युटिफुल’, कुशुम लिम्बु ‘मिस कन्जिनियालीटी’ र ‘मस्ट कन्फिडेन्ट’, सुबिना श्रेष्ठ ‘मस्ट डिसिप्लेन’, प्रशंसा शाह ‘क्युटेस्ट बेबी अफ द इयर’, अञ्जली शाह ‘बेस्ट फिजिक’, सोनी लामा ‘फेशन आइकन’, निशा लामा ‘मस्ट एक्टिभ’, मन्जली शाह ‘मेनेजमेन्ट च्वाइस’ र दिया खड्की ‘मस्ट पोजिटिभ एटिट्युड’ भए ।

सिनियरतिर हन्नाह श्रेष्ठ विजेताका साथमा ‘मस्ट पङचुअल’, यान्की सिलवाल ‘फस्ट रनर्सअप’सँगै ‘बेस्ट हेयर’ र ‘मस्ट चार्मिङ’, प्रेरणा विके ‘सेकेन्ड रनर्सअप’सँगै ‘मस्ट ब्युटिफुल आइज’ र दक्षिणा राई ‘थर्ड रनर्सअप’सँगै ‘बेस्ट आर्टवर्क’ भए ।विधागततर्फ रिया राई ‘मस्ट पपुलर’, ‘मस्ट फ्रेण्डली’, ‘मिस व्युटिफुल’ र ‘फेसबुक च्वाइस’, प्रियंका थापामगर ‘मिस क्याटवक’, सोनिया राई ‘मिस ट्यालेन्ट’, वर्षा श्रेष्ठ ‘बेस्ट स्किन’ र ‘मस्ट फोटोजेनिक’, सुस्मिता लिम्बु ‘बेस्ट पर्सनालिटी’, रोशनी कार्की ‘बेस्ट फिटनेश’, रागिना शाही ‘मिस कन्जिनियालीटी’ र बिनिता पुन ‘बेस्ट फिजिक’ भए ।

बालकतिर सेहाङ राई विजेताका साथमा ‘मिस्टर ट्यालेन्ट’, ‘मस्ट पपुलर’ र ‘मिस्टर क्याटवक’, निश्चल श्रेष्ठ ‘फष्ट रनर्सअप’का साथमा ‘मिस्टर हयान्डसम’, लक्ष्य झा ‘सेकेन्ड रनर्सअप’का साथमा ‘मस्ट फोटोजेनिक’, जेनिस शाक्य ‘मेनेजमेन्ट च्वाइस’, रौनक चौधरी ‘मस्ट डिसिप्लेन’ र ‘मस्ट एक्टिभ’, रेडिक्स माली ‘मस्ट फ्रेन्डली’ र अमिर वाइबा ‘बेस्ट आर्टवर्क’ भए ।प्रतियोगितामा गजित विष्ट, सुरेन्द्र केसी, वर्षा राउत, मिसेस नेपाल आइकन २०१७ की विजेता वर्षा कार्की, संगीतकार सरोज प्याकुरेल, फिल्म लेखक शिवम् अधिकारी, नेपाल क्रिकेट टिमका भुपु मेनेजर पूर्ण लामा र इभेन्ट आयोजक निशुकान्त झा निर्णायक थिए ।
 

प्रकाशित: २३ माघ २०७४ ०४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App