१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संघीय संसद्को बैठकस्थल बनाउन दुई महिना

काठमाडौं– संघीय संसद्को बैठकस्थल बनाउन संसद् सचिवालयले दुई महिना लगाएको छ । बैठकस्थलमा कुर्सीका खोल फेर्ने र माइक जडान गर्ने काम गरिएको थियो । यसका लागि  २ करोड ५० लाख खर्च गरिएको छ । मंगलबारसम्म बैठकस्थलको सम्पूर्ण काम सकिने संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको बैठक व्यवस्थापिका संसद्को बैठक बस्ने गरेको हलमा राखिने भएको छ भने राष्ट्रियसभाको बैठक नुप्से हलमा बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक हलका पुराना कुर्सीमा रहेका सेता खोल हटाएर हल्का निलो रङको खोल फेर्ने काम भएको छ ।  राष्ट्रियसभाको बैठक बस्ने हलमा नयाँ कुर्सी मिलाउने र रातो खोल राखी प्रत्येक कुर्सीअघि माइक जडान गर्ने काम भएको छ।

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएलगत्तै संघीय संसद् सचिवालयले दुवै सदनको बैठक बस्ने ठाउँको टुगो लगाई व्यवस्थापन कार्य सुरु गरेको थियो । प्रतिनिधिसभा २ सय ७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्य हुनेछ ।  दुवै सदनको संयुक्त बैठक प्रतिनिधिसभाको हलमा बस्ने भएकाले प्रतितिनिसभा र राष्ट्रियसभाका सदस्य संख्यालाई ध्यान दिँदै आवश्यक कुर्सीको व्यवस्था गरिएको छ । प्रदेशले प्रदेशसभाको बैठकस्थल भने एक सातामै तयार गरेका थिए ।

प्रकाशित: २३ माघ २०७४ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App