१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सामसङ ग्यालेक्सी ट्याब ए ७.० सार्वजनिक

काठमाडौं – सामसङले नयाँ ‘ग्यालेक्सी ट्याब ए ७.०’ मोबाइल नेपालमा सार्वजनिक गरेको छ । फोरजीका साथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्री क्षमताका कारण मोबाइलले इन्टरटेनमेन्टका लागि सबै आवश्यकता पूरा गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो ।

आकर्षक स्लिम डिजाइन, राउन्ड एज तथा नन स्लिप प्याटर्नले गर्दा यो प्रयोग गर्न सहज छ । एचडी डिस्प्लेका करणले उत्कृष्ट दृश्यको अनुभव प्राप्त हुने छ । यसमा लामो समयसम्म चल्ने ४००० एमएएच ब्याट्री राखिएको छ । जसले भिडियो प्ले ब्याक प्रयोग गर्दा पनि नौ घन्टासम्म निरन्तर चलाउन सकिन्छ ।
सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले उपभोक्ताको फिडब्याकलाई ध्यानपूर्वक मनन गरी उपभोक्ताका चाहना पूरा गर्ने खालका उपकरण तयार गर्ने लक्ष्यमा सामसङ रहेको बताए ।ह्वाइट तथा ब्ल्याक कलरमा उपलब्ध यो मोबाइलको बजार मूल्य १५ हजार नौ सय रुपैयाँ तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: २३ माघ २०७४ ०१:१० मंगलबार

सामसङ ग्यालेक्सी ट्याब ७.० सार्वजनिक