१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भारत जाँदै गर्दा पूर्व राजाले भने : पात झर्छ तर जरा सँधै रहिरहन्छ

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन्। उनी आज ४ बजे भारतको उडिसा तर्फ प्रस्थान गरेका हुन्। दुई साता लामो भारत भ्रमणलाई उनले धार्मिक यात्रा भनेका छन्। उनी कोलकाता हुँदै भुवनेश्वर जाने कार्यक्रम रहेको शाहको सचिवालयले जनाएको छ।

शाहले उडिसास्थित पुरी मठका शंकराचार्य निश्चयनान्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षमा आयोजित कार्यक्रममा सहभागिता जनाउने छन्। शाहलाई उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा निमन्त्रणा गरिएको छ।

विमानस्थलमा कुरा गर्दै उनले आफ्नो भ्रमण धार्मिक भएको र शंकराचार्यको निमन्त्रणामा भारत जान लागेको बताए। उनले पात झरेपनि जरा सँधै रहिरहने बताए। ‘रुखहरु हेरौँ पात झर्छ तर जरा सँधै रहिरहन्छ’, उनले भने। भ्रमणको क्रममा हिन्दु धर्मका विषयमा आयोजित छलफलमा सहभागि हुने बताए। शाहले धर्म पद्धति भएको बताउँदै आजको समयमा सरल र व्यवहारिक बनाउने विषयमा छलफल हुने जानकारी दिए।

प्रकाशित: २२ माघ २०७४ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App