१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेविसंघ कार्यकर्ता झडपमा उत्रिए, एक प्रहरी घाइते

काठमाडौं— नेविसंघ महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर रामचन्द्र पौडेल समूहले बखेडा झिकेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ। नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।

नेविसंघ कार्यकर्ताको आक्रमणबाट एक प्रहरी घाइते भएका छन्। फर्जी प्रतिनिधि बनाइएको भन्दै पौडेल समूहका नेविसंघ कार्यकर्ता नाराबाजी गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रण गर्ने प्रयास गरेको थियो। सो क्रममा झडप हुँदा एक प्रहरी घाइते भएका छन्। पौडेल समूहले निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै महाधिवेशनको निर्वाचन रद्द गर्न माग गर्दै आज बिहान महाधिवेशनमा सहभागी नहुने बताएको थियो।

नेविसंघको ११ औं महाधिवेशन साउन २३ गते भृकुटीमण्डपमा सुरु भएको थियो। ‘एउटा समूहका साथीहरु प्रदर्शनमा उत्रनु भएको हो’, नेविसंघ नेता सुशील भट्टले नागरिकन्युजसँग भने, ‘अहिले स्थिति साम्य हुँदै गएको छ। उहाँहरुले पनि प्रतिनिधि कार्ड बुझिरहनु भएको छ।’

‘एउटा समूहका साथीहरु प्रदर्शनमा उत्रनु भएको हो’, नेविसंघ नेता सुशील भट्टले नागरिकन्युजसँग भने, ‘अहिले स्थिति साम्य हुँदै गएको छ। उहाँहरुले पनि प्रतिनिधि कार्ड बुझिरहनु भएको छ।’

पौडेल समूह आफू जित्ने अवस्था नदेखेपछि चुनाब बिथोल्ने र पछि भागबण्डाबाट नेविसंघ नेतृत्वमा पुग्ने दाउमा लागेको संस्थापन पक्षका एक नेताले बताए।

शनिबार राति महाधिवेशन निर्देशक समितिले प्रतिनिधि सूची सार्वजनिक गर्दै निर्वाचनमा जाने बताएको थियो। झन्डै ३४ सय महाधिवेशन प्रतिनिधि रहेने गरी गत मंगलबार सहमति जनाएअनुसार समितिले सूची सार्वजनिक गरेको थियो।

महाधिवेशन प्रतिनिधिको सूचीमा नेता रामचन्द्र पौडेल पक्षबाट निर्देशक समिति सदस्य रहेका गुरुराज घिमिरेले असहमति जनाए पनि सूचि सार्वजनिक गरिएको थियो। पाैडेल पक्षकै गोविन्द भट्टराई र निवर्तमान अध्यक्ष रञ्जीत कर्णले भने सूचिमा हस्ताक्षर गरेका थिए।

पार्टी नेता रामचन्द्र पौडेलसँगसमेत टेलिफोनमा कुरा गरेर सूचीलाई अन्तिमरुप दिएको निर्देशक समिति संयोजक प्रकाश शरण महतले बताएका थिए।

पौडेल पक्षले भने निर्देशक समितिका संयोजकले एक पक्षीय सूची सार्वजनीक गरेको भन्दै महाधिवेशनमा सहभागी नहुने चेतावनी दिएर प्रदर्शनमा उत्रिएको थियो।

प्रतिनिधि विवाद बल्झिँदा ९ वर्षपछि सुरु भएको नेविसंघ महाधिवेशन अनिश्चित बनेको छ। पहिलैदेखि चल्दै आएको प्रतिनिधि भागबन्डाको राजनीतिमा पौडेल समूह कमजोर भएको महसुस गर्दै विवाद झिकेपछि मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टीको विद्यार्थी संगठनको महाधिवेशन अनिश्चित बनेको हो।
 

प्रकाशित: ३० श्रावण २०७३ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App