१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पल्सर डेयर भेन्चरको तेस्रो संस्करण सम्पन्न

काठमाडौं – बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजद्वारा आयोजित पहिलो बाइक रियालिटी सो बजाज पल्सर डेयर भेन्चर सकिएको छ । एचएच बजाजले सामसङसँगको सहकार्यमा यो आयोजना गरेको हो ।

यसमा विभिन्न चरणबाट छानिएका १० साहसी प्रतियोगी सहभागी भएको कम्पनीले जनाएको छ ।
समापन समारोहमा नेपाल बेस्ट राइडर, नेपाल बेस्ट राइडर रनर अप तथा मस्ट पपुलर राइडर अवार्ड विजेताहरु क्रमशः अमित श्रेष्ठ, पबिन कार्की र बिबिदजंग थापालाई नगद पुरस्कारसहित पल्सर एनएस प्रदान गरिएको थियो ।यसपटक तीनजना राइडरहरू सुरेश मानन्धर, अमित श्रेष्ठ र पबिन कार्की फाइनलमा पुगेको कम्पनीले जनाएको छ ।

विजेता अमित श्रेष्ठले १० लाख रुपैयाँका साथमा पल्सर एनएस र सामसङ एस ८ प्लस, उपविजेता पबिन कार्कीले पाँच लाख रुपैयाँका साथमा पल्सर एनएस र सामसङ एस ८ प्राप्त गरेका थिए । तेस्रो बिजेता बिबिदजंग थापाले पल्सर एनएस पाए । अमित श्रेष्ठले सामसङ अनस्टपबल राइडर र गणेशमान श्रेष्ठले शिखर सेफ राइडरको ताज जितेको कम्पनीले जनाएको छ ।

‘हामीले सबै जोशिला पल्सर राइडरलाई मनाङको खाङसारसम्मको साहसिक राइड अनुभव लिने सुवर्ण अवसर दिएका दिएका थियौं,’ समारोहको समापन कार्यक्रममा एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘नेपालको इतिहासमै पहिलो र दोस्रो बाइक रियालिटी सो हामीले सफलतापूर्वक सम्पन्न गरेका थियौं । यो तेस्रोेले पनि हजारौं दर्शकको साथ र सहयोग पायो ।’
 

प्रकाशित: २२ माघ २०७४ ०१:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App