१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं - आइतबार देशभर भएका दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बनेपा नगरपालिका–१ स्थित सडकमा बा ३ ख ३३२६ नम्बरको टिपरले भक्तपुर सुर्यबिनायक नगरपालिका–१० बस्ने ५५ वर्षीय पैदलयात्री बद्री खड्कालाई शनिबार ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ बनस्पति उद्यानस्थित पूर्व–पश्चिम राजमार्गमा ना ४ ख ६०५४ नम्बरको बसले पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय कुलबहादुर खत्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकोले उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यसैगरी जनकपुर उपमहानगरपालिका-१४ मुजेलियास्थित ढल्केबर-जनकपुर सडक खण्डमा ना ७ ख ३२२६ नम्बरको टिपर शनिबार राति अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा चालक लक्ष्मिनिया गाउँपालिका–४ बस्ने २५ वर्षीय उदय कुमार ठाकुर र सहचालक मिथिला नगरपालिका–२ नक्टाझिझ बस्ने १९ वर्षिय संजय पासवानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै नवलपरासीको देवचुली नगरपालिका–१६ रजहर चोक स्थित पूर्व-पश्चिम राजमार्गमा गएराति नम्बर खुल्न नसकेको सवारी साधनले नाम, थर वतन नखुलेको अंदाजी १९ बर्षीय युवालाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको छ। फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २१ माघ २०७४ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App