फागुनमा मोदीको नेपाल भ्रमण

एमालेले भन्यो- स्वराज भ्रमणको विरोध गर्नु व्यक्तिगत कुण्ठा

आइतबार, २१ माघ २०७४, १४ : २९ नागरिक

काठमाडौ - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी फागुनमा नेपाल भ्रमणमा आउने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल आउने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। 

आइतबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेता ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको दाबी गर्दै ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल भ्रमणमा आउने बताए।

स्वराजको नेपाल भ्रमणअघि नै एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन वार्तामा दुवै पक्षले एक–अर्कालाई भ्रमणको निम्तो दिएकोले सोही अनुसार मोदी नेपाल आउने ज्ञवालीको भनाई छ।

वाम गठबन्धनले भारतसँग सुमधुर सम्बन्ध राखेर जान चाँहेको सुनाउँदै उनले भने, ‘जसरी मोदीले ओलीलाई दुईपटक फोन गर्नुभयो, उहाँ स्वराज नेपाल भ्रमण आएर अविश्वास हटाउनुभयो।’

ओलीले मोदीलाई जनकपुर र मुक्तिनाथको भ्रमण रोकिएको स्मरण गराउँदै नेपाल भ्रमणको निम्तो दिएको पनि ज्ञवालीले बताए। नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुधार भएको उनको विश्वास छ। 

स्वराज भ्रमणको विरोध गर्नु व्यक्तिगत कुण्ठा

ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा भएको अविश्वास हटेको दाबी गरे। स्वराजको भ्रमण भारत सरकारको रुचिअनुसार भएको दाबी गर्दै ज्ञवालीले अनावश्यक टिकाटिप्पणी गर्न उचित नभएको जिकिर गरे। ‘वामपन्थीको बहुमत आएकोमा बधाई दिँदै नयाँ सरकार गठनपछि सहकार्य गरौँ भन्नका लागि स्वराज आउनुभएको हो। नयाँ सरकारसँग सहकार्य गर्नका लागि वातावरण बनोस् भन्ने भारतको चाहना हो,’ ज्ञवालीले भने।

विगतमा नेपालमा नयाँ सरकार बन्ने बेलामा नेपालकै नेताहरु भारत दौडिने गरेकोमा अहिले भारतका मन्त्री नेपाल आउनु सकारात्मक भएको उनले बताए। ‘पहिला पहिला नेपालमा सरकार बन्ने बेला नेपालका नेताहरु दौडेर भारत जाने परम्परा थियो । यो गलत परम्परा तोडिएको छ,’ ज्ञवालीले भने। 

स्वराजको भ्रमणलाई सहज रुपमा लिनुपर्नेमा नकारात्मक टिप्पणी गरिएकोप्रति ज्ञवालीले आक्रोश पोखे। ‘कतिपयले हिनताबोध र कुण्ठा व्यक्त गरेका छन्। यो आवश्यक छैन,’ उनले भने।

संविधान जारीपछिको नीतिमा भारतले पुनरावलोकन गर्न चाँहेको संकेत पाइएको ज्ञवालीको भनाई छ। यद्यपी पछिल्लो समय नेपाल–भारतबीचको अविश्वास हटेर गएको भएपनि आगामी दिनमा कस्तो हुन्छ भन्ने ठोकुवा गर्न नसकिने ज्ञवालीको भनाई छ। 

‘अब समस्या आउँदैन भनेर ठोकुवा गर्न सकिने अवस्था छैन। कहिले अदुवा, कहिले चिया, कहिले कुचो निर्यातमा अवरोध भैरहेको छ। यसले नेपालको व्यापार घाटा बढाएको छ,’ उनले भने। बेला–बेलामा सिमा विवाद हुने गरेको उल्लेख गर्दै ज्ञवालीले नयाँ नक्साअनुसार सिमानामा पिल्लर बनाउनुपर्ने बताए। 





यसमा तपाईको मत

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad