१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लाङटाङ दूत सिलवाल सम्मानित

काठमाडौं – नेपाल पर्यटन व्यवसायी संघ (निट)ले लाङटाङ सद्भावना दूत अशोक सिलवाललाई सम्मान गरेको छ । निटले २५ हजार रुपैयाँ नगदसहित सिलवाललाई सम्मान गरेको हो। निटले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सिलवाललाई सम्मानपत्र र नगद राशि हस्तान्तरण गरेका थिए।

सिलवालले २०७२ को विनाशकारी भूकम्प र हिमपहिरोले मानवविहीन बनेको लाङटाङ क्षेत्रमा पहिलो पत्रकारका रुपमा पैदल यात्रा गरी प्रकाशमा नआएको त्यहाँको मार्मिक अवस्थालाई ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए । साथै उनले लाङटाङको वस्तुस्थितिको मिहिन चित्रण गरिएको प्रतिवेदन र अनेकौं आलेख सार्वजनिक गरी त्यस क्षेत्रप्रति राष्ट्रिय र अन्तराष्ट्रिय ध्यानाकर्षण गराउन विशेष योगदान पु¥याएको भन्दै निटले लेखक तथा पत्रकार सिलवाललाई उक्त सम्मान गरेको हो।

भूकम्पले थिलथिलो भएको लाङटाङलाई वास्ताविकता जनसमक्ष ल्याउन भूमिका खेलेबापत सिलवाललाई लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्सट्रक्सन कमिटीले लाङटाङ सद्भावना दूत बनाएको थियो । मुलुकको पर्यटकीय क्षेत्रको उत्थान र प्रवद्र्धनमा भूमिका खेलेको भन्दै ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले पनि सिलवाललाई सम्मान गरिसकेको छ।
पछिल्लो समय विदेशी पर्यटकलाई लिएर नेपालका अनेक भूगोल यात्रा गरिररहेका सिलवालले तिनै अनुभवलाई आधार बनाएर कलम पनि चलाइरहेका छन्।
 

प्रकाशित: २१ माघ २०७४ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App