१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

खुलेआम गोली हानी प्रहरी जवानको हत्या

पटना— बिहारको मुगेर जिल्लाको रेल्वे स्टेशनमा ड्युटीमा रहेका एक राज्य पुलिसका जवानलाई खुलेआम गोली हानी गरी हत्या गरिएको छ। आक्रमणकारी प्रहरीलाई खुलेअाम गाेली प्रहार गरेपछि सर्वसाधारणको भागाभाग भएको थियो।

बिहार भारतका लागि सुरक्षा चुनौतीका हिसाबले सम्वेदनशील राज्य हो।  प्रहरीलाई चुनौती दिने यो घटना बरियारपुर रेल्वे स्टेशनमा भएको हो। मुगेर प्रहरीका आशषि भारतीयकाअनुसार मृत्यु हुने कुमार सौरभव हुन्। उनको ड्युटी सुल्तानगंज मेलामा थियो।

प्रहरीका अनुसार अज्ञात व्यक्तिले फोन गरेर सौरभलाई बरियारपुर रल्वे स्टेशन बोलाएको थियो। राति करिब ९ बजे उनी स्टेशन पुगेका थिए। उनलाई त्यहीँ एक अपरिचितले गोली प्रहार गरे। त्यसपछि उनी भुँइमा ढले। आक्रमणकारी रेल्वे स्टेशनबाट तत्काल भागेको प्रहरीले जनाएको छ।

घाइते भएर ढलेका सौरभलाई तत्काल अस्पताल पु¥याइएको थियो। डाक्टरले उनलाई पटना रेफर गरेका थिए। पटना लैजादाँ लैजादै बाटैमा उनको मृत्यु भयो।

रेल्वे प्रहरीले हत्याको टिप्पणी उठाएर अनुसन्धान थालेको छ।
 
प्रकाशित: ३० श्रावण २०७३ ०८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App