१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

११ थान कस्तुरीको बिनासहित १ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त टोलीले ११ थान कस्तुरीको बिनासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको जितपुर–१ गोविन्द टोलबाट बिहीबार गोविन्द विश्वकर्मालाई पाँच सय ग्रामको ११ थान कस्तुरीको बिनासहित पक्राउ गरेको हो।

बिना बिक्री गर्न हिँडिरहेका उनलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको सिआइबीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय सिमरा बारामा बुझाइएको छ । पक्राउ परेका उनीमाथि पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ।

प्रकाशित: २१ माघ २०७४ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App