‘तातोपानी नाका खोल्न गृहकार्य हुँदैछ’

शनिबार, २० माघ २०७४, २१ : ५० नागरिक

काठमाडौं – वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले निजी क्षेत्रको व्यवसायिक उन्नतीबाट मात्र सरकारले सफलता कायम गर्न सक्ने बताएका छन। 

नेपाल फर्निचर तथा फर्निसिङ संघको अठारौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै व्यवसायीले तिर्ने करबाट सरकारको लक्ष्यअनुसारको राजश्व संंकलन हुने हुँदा उनीहरूलाई आवश्यक ऐनको प्रबन्ध गर्नुका साथै कच्चा पदार्थ आयात तथा व्यापार प्रवद्र्धनमा सरकारले सहयोग जुटाउने बताए। 

अन्य मुलुकमा उनीहरूको मागको अध्ययन गरी स्वदेशी ढाँचा, सीप र शैलीमा व्यवसायीले गुणस्तरीय वस्तु उत्पादन गरेमा त्यसलाई निर्यात गर्न सरकारले सहजीकरण गर्ने बताउँदै उनले भने, “व्यापारीले स्वदेशी उत्पादनले ढिलो प्रतिफल दिने हुँदा विदेशका सामान ल्याएर बिक्री गरेर कमिसन खाने गरेका छन्, त्यसले देशमा विकास र समृद्धि कायम हुँदैन।” 

उनले दलित, विपन्न वर्ग र महिलाले नेतृत्व गर्ने रु एक करोडभित्रको व्यवसाय निःशुल्क दर्ता गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै व्यवसायी र सरकारकाबीच पारिवारिक सदस्य र अभिभावकको सम्बन्ध हुनुपर्नेमा जोड दिए। केरुङ नाका व्यवस्थापन गर्ने र भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्नका लागि गृहकार्य भइरहेको उनको भनाई थियो। 








यसमा तपाईको मत

अन्य समाचार

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

Ncell Footer Ad