भूगोलका आधारमा स्थानीय निकायको संरचना बनाउन माग

आइतबार, ३० साउन २०७३, १३ : ५८ नागरिक

काठमाडौँ- व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसदले स्थानीय तहको संरचना, नेपाल– भारत सम्बन्ध, द्रुत राजमार्ग, बाढीपहिरो लगायत विषयमा सदनको ध्यानाकर्षण गराएका छन्।

विशेष समयमा पहिलो वक्ताका रुपमा नेपाली काँग्रेसका तारामान गुरुङले जनसङ्ख्याका आधारमा होइन, भूगोलका आधारमा स्थानीय निकायको संरचना बनाउन, आवश्यकता र प्राथमिकताका आधारमा आयोजना र कार्यक्रमका लागि बजेट विनियोजन गर्न तथा जिविसले दिएको प्रस्तावका आधारमा मात्र बजेट विनियोजन गर्न माग गरे । काँग्रेसकै ज्ञानुकुमारी छन्त्यालले वर्षात्सँगै बागलुङमा भएको बाढीपहिरोका घटनाको तथ्याङ्क प्रस्तुत गर्दै पीडितलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न ध्यानाकर्षण गराइन्।


नेकपा (एमाले)का केशवप्रसाद बडालले केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले देशको शिर उठाउने ढङ्गबाट लिएको अडान, निर्णय र कामलाई अवमूल्यन हुने काम नगर्न वर्तमान सरकारलाई सुझाव दिए। नेकपा (माओवादी केन्द्र)का छमबहादुर गुरुङले प्राकृतिक प्रकोपका घटना झेलिरहेको गोरखालाई पछिल्लो पटक फिस्टेल हेलिकोप्टर दुर्घटनाले थप पीडामा पारेको बताउँदै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे।

सोही दलका कमला दोङले अन्तरजातीय विवाहको घटनामा काभ्रेपलाञ्चोकमा अजित ढकालको हत्या भएकाले दोषीलाई कारबाहीका लागि माग गरे।

तराई– मधेस लोकतान्त्रिक पार्टीका वृजेशकुमार गुप्ताले यातायात व्यवस्था कार्यालयका शाखा सबै जिल्लामा पुर्याउन तथा खेत जोत्ने ट्र्याक्टरको नवीकरण बापतको राजस्वको शुल्क घटाउन र नवीकरण गर्ने समयावधि बढाउन माग गरे।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले राजनीतिक दलका नेताले मेडिकल अस्पताल सञ्चालन गरेको र सामान्य बिरामीलाई पनि सघन उपचार कक्षमा राखेर अनावश्यकरुपमा पैसा असुल्ने काम गर्ने काम भएकाले त्यसलाई रोक्न माग गरे।
यसअघि आजको शून्य समयमा रामअयोध्याप्रसाद यादव, रामअवतार पासवान र रामहरि खतिवडाले वर्षायामसँगै तराईमा भएको डुबान, सिँचाइ समस्या तथा राहादानी शुल्कमा भएको विभेदका घटनाबारे ध्यानाकर्षण गराएका थिए। व्यवस्थापिका–संसद्को अर्काे बैठक आगामी भदौ १ गते बिहान ११ बजे बस्ने छ । रासस







यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकले ग्राहकलाई प्रभावकारी सेवा दिने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाललाई उक्त सुविधा हात्तीसार शाखामा...

नेपालगन्जमा एनसेल सेन्टर

नेपालगन्जमा एनसेल सेन्टर

एनसेल प्राइभेट लिमिटेडले ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलाल चोकमा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालन...

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ...

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ । ...

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको...

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

Ncell Footer Ad