१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘सहुलियत’ खोज्दै करिश्मा

आइतवार अभिनेत्री करिश्मा मानन्धरले आफ्नो फेसबुक वालमा आफूलाई विशिष्ट श्रेणीको कलाकार लेखिएको परिचय पत्र राखिन् । आश्चर्य त उनले त्यो राखेकोमा होइन, त्योसँगै लेखिएको स्ट्याटसमा भयो । उनले ‘अनि नेपाल सरकारले दिएको यो स्पेसल कार्ड, के सहुलियतको लागि दिएको भनेर सोचिरहेको अवस्था ?’ भनेर लेखेकी थिइन् । यसबाट के प्रस्ट हुन्छ उनले त्यो कार्डबाट केही सहुलियत खोजेकी थिइन् ।

तर, केही पनि पाइनन् । उनले खोजेको ‘सहुलियत’को जवाफ त सम्बन्धित निकायले देला तर स्मरणरहोस्  विवाद र आलोचनाका बीच चलचित्र विकास बोर्डले चलचित्रकर्मी परिचय पत्र वितरण गरेको थियो । धेरैले ‘कलाकारको वर्गीकरण राज्यले होइन, दर्शक आफैंँले गरिदिन्छन्’ भन्दै आलोचना गरेका छन् । यता बोर्डले भने वरिष्ठ, विशिष्टलगायत तह छुट्याउँदै परिचयपत्र वितरण गर्न थालेको हो ।

प्रकाशित: ३० श्रावण २०७३ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App