१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वार्षिक ६० हजार अर्बुदरोगीको उपचार

भक्तपुर –  नेपालमा अर्बुदरोगीको संख्या सबैभन्दा बढी काठमाडौं र काभ्रेपलाञ्चोकमा रहेको तथ्य सार्वजनिक भएको छ।

अर्बुदरोग दिवसका अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा ऋषिकेशनारायण श्रेष्ठले एक वर्षका अवधिमा उपचार गरिएका बिरामीमध्ये काठमाडाँैका ३४९ र काभ्रेपलाञ्चोकका १९१ रहेको बताए। त्यस्तै भक्तपुरका १७८, ललितपुरका १५० र सिन्धुपाल्चोक १३८, मोरङका १२९, झापाका ११९, सुनसरीका १०२ दोलखाका ९५ र मकवानपुरका ९० अर्बुदरोगीले अस्पतालमा उपचार गराएको डा श्रेष्ठले जानकारी दिए।

अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा धेरै पाठेघरका अर्बुदरोगी देखिएको छ । अस्पतालका अनुसार एक वर्षमा महिला ४६२ मा पाठेघर, ४२२ मा घाँटीको र ३३७ जनामा स्तन अर्बुदरोग देखिएको छ । टाउको र नाकमा हुने अर्बुदरोग २९३ जनामा देखिएको छ।

सो अस्पतालले मात्रै एक वर्षमा करिब ६० हजार अर्बुदरोगीको उपचार गर्ने गरेको छ । अस्पतालको तथ्यांकअनुसार सन् २०१२ देखि २०१७ सम्मको ५ वर्षका अवधिमा नेपालमा अर्बुदरोगीको संख्या वृद्धि हुँदै गइरहेको छ । सन् २०१२ मा अस्पतालले २८ हजार ३६६ बिरामीको उपचार गरेकामा २०१७ सम्म आइपुग्दा दोब्बरभन्दा धेरै अर्थात् ६८ हजार ४४१ पुगेको अस्पतालका प्रशासक राजाराम तजलेले जानकारी दिए।  (रासस)

प्रकाशित: २० माघ २०७४ ०५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App