१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

श्रीलंका ९ रनले पछाडि

चित्तागोङ – ओपनर कुशल मेन्डिस दोहोरो शतकका लागि ४ रनले मात्र चुके पनि श्रीलंकाले शुक्रबार बंगलादेशविरुद्धको पहिलो टेस्टमा गतिलो जबाफ फर्काएको छ।

तेस्रो दिनको खेलमा श्रीलंका ५०४–३ मा खेलिरहेको छ । श्रीलंका केवल ९ रनले मात्र पछि छ । श्रीलंकाका रोशन सिल्भा अविजित ८७ र कप्तान दिनेश चण्डीमल अविजित ३७ रनमा खेलिरहेका छन् । सिल्भा र चण्डीमलले चौथो विकेटका लागि अविजित ८९ रनको साझेदारी गरिसकेका छन् । १ सय ७३ बल खेलेका सिल्भाले ५ चौका र १ छक्का प्रहार गर्दा ९० बलको सामना गरेका चण्डीमलले १ चौका प्रहार गरे।

यसअघि १८७–१ बाट तेस्रो दिनको खेल सुरु गरेको श्रीलंकाका लागि मेन्डिस र धनञ्जय डी सिल्भाले शतक प्रहार गर्दै दोस्रो विकेटका लागि ३ सय ७ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङ उकासेका थिए।

३ सय २७ बल खेलेका मेन्डिसले २२ चौका र २ छक्काको मद्दतमा १ सय ९६ रन जोडे । तैजुल इस्लामको बलमा मुस्फिकर रहिमबाट क्याच भएपछि मेन्डिस दोहोरो शतकका लागि मात्र ४ रनले चुकेका थिए । उनले तेस्रो विकेटका लागि समेत सिल्भासँग १ सय ७ रनको ठोस साझेदारी गरेका थिए। 
त्यस्तै २ सय २९ बलको सामना गरेका डी सिल्भाले २१ चौका र १ छक्काको मद्दतमा १ सय ७३ रन जोडे।

 

प्रकाशित: २० माघ २०७४ ०१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App