१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हेटौंडामा ५० सांसदले लिए ४० प्रतिशत छुटको सुविधा

तीन नम्बर प्रदेशको पहिलो बैठक। तस्बिर: नागरिक

हेटौंडा-  हेटौँडाका होटल व्यवसायीले प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुट दिने भएका छन्।

मकवानपुर होटल एशोसिएसनले खाना र बासमा र नारायणी यातायात ब्यवसायी संघले यातायातमा सुविधा दिएका हुन्।

बिहीबारको पहिलो बैठकका लागि आएका प्रदेश सांसदहरुलाई कोठा भाडामा ४० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिएको मकवानपुर होटल एशोसिएसनले जनाएको छ। एशोसिएसनका अध्यक्ष भागीरथ शर्माका अनुसार करिव ५० जना सांसदहरुले सेवा दिएका छन्। सांसदहरुले कोठा नपाउन्जेल होटलमा बस्दा उक्त सुविधा जारी राख्ने समेत उनले बताए। ‘टाढाका सांसदहरु बुधबार साँझ आउनु भएको थियो’, उनले भने– ‘दिउँसो १ बजे बैठक भएकाले धेरै सांसदहरु बिहीबारै आएकोले कमले सेवा लिनुभयो।’

बुधबार नै हेटौंडा उपमहानगरपालिकाले ग्रेडर, एक्साभेटर र ट्रिपरको सहयोगले बाटो समेत फराकिलो गरी सम्याईएको थियो। प्रदेश सभा सचिवालय भबनको नजिकै जिल्ला समन्वय समिति मकवानपुरले स्वागतद्वार राखेको थियो।

सपथ ग्रहणका बेला साँसदहरुलाई निःशुल्क यातायात सेवा दिएपनि पहिलो बैठकका माग नभएको नारायणी यातायात ब्यवसायी संघका महासचिव सरोजकुमार खनालले बताए। प्रदेश राजधानी जस्तो सौभाग्य पाएकाले सक्दो सहयोग गर्न संघ तयार रहेको बताउँदै उनले माघ ७ गते साँसदहरुलाई होटलबाट प्रदेश सभा सचिवालयसम्म जान एउटा बस उपलव्ध गराइएको थियो। प्रदेश सभा भवन जाने सिमाचोकमा प्रदेश प्रमुख र साँसदहरुका लागि स्वागतद्वार बनाएर संघले १० बजेदेखि २ बजेसम्म बस उपलब्ध गराएको थियो।

साँसदहरुलाई दिएको सुबिधाले स्वागतसहित राम्रो आतिथ्यता गरेको सकारात्मक सन्देश गएको नेकपा एमालेकी जिल्ला अध्यक्ष समेत रहेकी प्रदेश साँसद मुनु सिग्देलले बताईन्।

 

प्रकाशित: १९ माघ २०७४ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App