१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कालिकोटमा विशेषज्ञ सेवा

निशुल्क विशेषज्ञ शिविरमा उपचार गराउन आएका स्थानीय लाईनमा पालो कुर्दै तस्बिर / नागरिक

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विशेषज्ञ चिकित्सकको टोलीले कालिकोटमा निशुल्क विशेषज्ञ शिविर सञ्चालन गरेको छ ।  सान्नीत्रिवेणी गाउँपालिका वडा नम्वर १ र २ सेरीज्युला गाउँमा मेडिकल डाइरेक्टर डा.पुजन रोकाया नेतृत्वको चिकित्सक टोलिले विशेषज्ञ शिविर सञ्चालन गरेर विरामीको चेकजाँच गरिएको हो । टोलीमा मेडिकल डाईरेक्टर डा.पुजन रोकाया, डा.देउमन लिम्वु, डा.नम्रता सिन्दान, डा.डिलशाही रोका, नर्सिङ अधिकृत कृष्णापाण्डे, स्टाफनर्स मना भण्डारी र नन्दप्रसाद तिमल्सिना थिए। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल डाइरेक्टर डा. रोकायाका अनुसार शिविरका क्रममा १ हजार ६ सय ७६ जनाको स्वास्थ्य चेकजाँच गरिएको थियो । २ दिन सम्म चलेको सो शिविरमा गाउँपालिकामा रहेका विभिन्न रोगी विरामीको औषधी उपचार गरिएको थियो । गाउँमै विशेषज्ञ सेवा पाएपछि स्थानीय दंग थिए । स्वास्थ्य संस्थामा औषधी अभाव र विशेषज्ञ चिकित्सकको सेवा नदेखेका स्थानीयले सहजै रुपमा स्वास्थ्य सेवा पाएका हुन।  

चेकजाँचका क्रममा १५ जना पाठेघर खस्ने समस्य भएका महिलाको पहिचान गरिएको छ । आगामी २८ गते कालिकोट जिल्ला अस्पतालमा उनीहरुलाई वोलाएर शल्याक्रिया गर्ने कर्णाली अस्पताल जुम्लाले जनाएको छ।  

शिविरका क्रममा हाडजोर्नी तथा नसा रोग, वालरोग, स्त्रीरोग, भिडियो एक्सरे, ल्याव सेवा, दात, कान, घाँटी लगायतका सेवा प्रदान गरिएको थियो । शिविर सकिएलगतै कालिकोट जिल्ला अस्पतालमा जचाँउन आएका विरामीलाई विशेषज्ञ चिकित्सकले उपचार गरेका थिए । शिविरमा जटिल प्रकारको प्रसुतिका विरामीको भ्याकुम डेलीभरी गराईएको थियो ।  गाउँमै औषधी सहित विशेषज्ञ चिकित्सक पुगेपछि स्वास्थ्य चेकजाँच गर्ने स्थानीयको घुईचो लागेको थियो । हरेक महिनाको १५ र २८ गते कालिकोट अस्पतालमा जुम्लावाट गएका चिकित्सकले विशेषज्ञ सेवा दिने कार्यतालिका बनिसकेको छ। 

यसअघि  डोल्पा र हुम्ला जिल्लामा विशेषज्ञ सेवा विस्तार भईसकेको छ । अहिले कालिकोट र मुगु जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा दिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रकोपका घटना घट्ने वित्तिकै स्वास्थ्यकर्मीको टोली खटाउने गरेको छ । पहिलो पटक शान्ति त्रिवेणी गाउँपालिकामा आएर सेवा प्रदान गरेकोमा गाउँकार्यापालिकाको कार्यालयले विशेषज्ञ चिकित्सकको टोलिलाई बधाई ज्ञापन गरेको थियो। 

 

प्रकाशित: १९ माघ २०७४ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App