१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बालुवाटारमा देउवा- स्वराज भेट

बालुवाटरमा प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच भेट। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन्। उनले शुक्रबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवालाई भेटिन्।

नेपाल र भारतबीचको सम्वन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको ट्विटरमा उल्लेख गरिएको छ।

बिहीबार नेपाल आएकी स्वराजले एमाले अध्यक्ष केपी ओली र राजपाका नेताहरुलाई हिजो नै सोल्टी होटलमा भेटेकी थिइन्। यस्तै आज विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटिन्। एमाले अध्यक्ष ओलीले हिजो स्वराजलाई रात्री भोज दिएका थिए।

प्रकाशित: १९ माघ २०७४ ०७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App