१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

४ जनाको मृत्यु भएको छ महिना बित्दा पनि भिसेरा रिपोर्ट आएन

बनेपा –  एकै परिवारका ४ जनाको मृत्यु हुने गरी बनेपामा भएको घटनाको छ महिना बितिसक्दा पनि भिसेरा परीक्षणको रिपोर्ट आउन सकेको छैन। 

गत साउन ६ गते बनेपा–८ स्थित बसपार्कमा मृतावस्थामा फेला परेका दाहाल परिवारका ४ जनाको भिसेरा परीक्षणको रिपोर्ट नआउँदा घटनाको वास्तविकता अहिलेसम्म सार्वजनिक हुन सकेको छैन। 

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले शव परीक्षण रिपोर्टले आत्महत्या भएको देखाए पनि भिसेरा रिपोर्ट नआउञ्जेल निक्र्यौलमा पुग्न नसकिएको बताए। 

उनले भिसेरा परीक्षणका लागि लामो समयावधि लाग्नसक्ने उल्लेख गर्दै निश्चित मितिमा आउँछ भनेर भन्नसक्ने अवस्था छैन भने । एउटा घटनाको मात्रै गर्ने भन्ने हुँदैन, एउटै किसिमका घटनाको एकैपटक भिसेरा रिपोर्ट आउँछ प्रनाउ मरासिनीले भने। 

भिसेरा परीक्षणबाट सेल्फस नामक विषादी हो वा होइन ? कुन समयमा खाएको, सबैजनाले कुनकुन समयमा खाएको, एकैपटक खाएको वा नखाएको भन्ने विस्तृत विवरण आउने बताइएको छ। 

बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल मृतावस्थामा फेला परेका थिए । तर स्थानीय बासिन्दाले घटना रहस्यमय भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका थिए । सम्पत्ति र घरायसी विवादका कारण उनीहरुले सामूहिक आत्महत्या गरेको आशंका गरिएको छ। 

मृत फेला परेका बुबा, आमा, छोरा र छोरी हुन् । गौतम भोजनालयमा भित्रबाट ताल्चा लगाएर उनीहरुले विष सेवन गरेको र सेल्फस नामक विषादीको बोतलसमेत प्रहरीले घटनास्थलबाट फेला पारेको थियो । घटनाको थप अनुसन्धान भइरहेको अपराध अनुसन्धान ब्यूरोले जनाएको छ।   (रासस)

प्रकाशित: १९ माघ २०७४ ०६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App