१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालको कमजोर ब्याटिङ

काठमाडौं- कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाल आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार नेदरल्यान्ड्ससँग७ विकेटले पराजित भएको छ।

अमस्टेभिनस्थित भिआरए मैदानमा नेपालका कुनै पनि ब्याट्सम्यानलेखुलेर खेल्न सकेनन्। ओपनर अनिल मण्डलले बनाएको २० रन नेपाली ब्याट्सम्यानको सबैभन्दा ठूलो स्कोर थियो।

३८.१ ओभरमा ९४ रनमैनेपालले सबै विकेट गुमाएरपछि नेदरल्यान्ड्सका कप्तान पिटर सिलारकोटस जितेर फिल्डिङ गर्ने निर्णय सही साबित भयो। ९५ रनको लक्ष्य घरेलु टोलीले १६.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

जितसँगै ७ खेलबाट १२ अंक जोडेको नेदरल्यान्ड्स तालिकाको शीर्ष स्थानमा छ। समान ७ खेल खेलेको नेपाल ४ अंकसाथ छैटौं स्थानमा छ। शीर्ष चार टोलीले बंगलादेशमा हुने विश्वकप क्रिकेटका लागि छनोट प्रतियोगिता खेल्ने अवसर पाउनेछन्। स्कटल्यान्ड र पिएनजीसँग पराजित भइसकेको नेपाललाई शनिबारको हारसँगै शीर्ष चारमा पर्न बाँकी खेलमा जित्नैपर्ने दबाब बढ्दै गएको छ। नेदरल्यान्ड्स अहिलेसम्म अपराजित टोली हो।

भिआरए मैदान घाँस धेरै भएको क्रिज हो र यस्तो क्रिजमा तीब्र गतिका बलरलाई फाइदा हुन्छ। तर शनिबार नेदरल्यान्ड्सका स्पिनरहरूले पनि ५ विकेट हात पारे। २४ वर्षे माइकल रिप्पोनले ३ विकट लिए भने भान डेर मेरवेको नाममा २ विकेट रह्यो।

घरेलु टोलीका टिम भान डेर गुग्तेनले ३ विकेट लिए भने मुदासर बुखारी र पाउल भान मिकरेनले १–१ विकेट लिए।

पाँचौं ओभरको दोस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि नेपालले स्कोरबोर्डमा रन थप्न संघर्ष गर्नुपरेको थियो। १२ बलमा २ चौकासहित ११ रन जोडेका ज्ञानेन्द्र आउट हुँदा नेपाल १–२३ को स्थितिमा थियो। त्यसपछि ब्याटिङमा आएका शरद भेषावकरले ७१ बल खेलेर १४ रन जोडे। कप्तान पारस खड्काले शून्यमै मेरवेको बलमा एलबिडब्लु आउट भएपछि नेपालदबाबमा पर्‍यो।

सागर पुनले ७ रन जोडे भने राजु रिजाल ३ बलमा २ रन बनाएर पवेलियन फर्किए। राजु आउट हुँदा नेपाल ५–६२को स्थितिमा थियो। १ चौका प्रहार गरेका विनोद भण्डारी ९ रन बनाएर आउट भए। सोमपाल कामीले २८ बलमा १२ रन बनाए। करण केसी शून्य र सन्दिप लामिछाने १ रनमा आउट हुँदा वसन्त रेग्मीले ७ रन जोडे।

नेपालले शक्ति गौचनको स्थानमा तीब्र गतिका बलर करणलाई टोलीमा समावेश गरेको थियो। 

नेदरल्यान्ड्सका वेस्ले बर्रेसीले ३७, ओपनर स्टेफन माइबर्गले अविजित ३३ रन बनाए। रिप्पोन र बेन कुपरले समान ६ रनको स्कोर गरे। मेरवे ४ रनमा अविजित रहे।

नेपालका करण केसी, वसन्त रेग्मी र सागर पुनले समान १–१ विकेट लिए। नेपालले अर्को खेल यसै मैदानमा सोमबार खेल्नेछ।

प्रकाशित: ३० श्रावण २०७३ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App