१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

चक्रजस्तै घुमिरहन्छ हाम्रो जीवन

प्रस्तुति : उपेन्द्र लामिछाने

भक्तपुर थिमीका ५३ वर्षीय लक्ष्मीकृष्ण प्रजापतिले माटाका भाँडा बनाउन थालेको चार दशक कटिसक्यो । बुबाको साथमा लागेर बाल्यकालदेखि नै माटोसँग खेल्न थालेका प्रजापतिले घेम्पो, गाग्रा, अटलदेखि  मुखुण्डो, गमला र  खेलौनालगायत थुप्रै  सामग्रीलाई आकार दिइसकेका छन्।

माटोलाई आकार दिन सके पनि सन्तानलाई सोचेजस्तो आकार दिन नसकेको अन्य प्रजापति समुदायका मानिसले बताइरहँदा उनले भने आफ्नी छोरीलाई डाक्टर पढाउँदै छन् । ‘यही पेसाका कारण  पहिला मैले पढ्न पाइनँ,’ उनले भने, ‘पेसालाई आधुनिकीकरण गरेका कारण यही कमाइले छोरी डाक्टर बन्दै छे ।’ कुमालेको चक्रझैँ आफ्नो जीवनमा पनि दुःखसुखको चक्र  चलिरहेको उनले सुनाए।
 

 

प्रकाशित: १९ माघ २०७४ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App