१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेवानिलाई पूर्ण सहयोग

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नवनियुक्त सचिव कृष्णप्रसाद देवकोटाले नेपाल वायुसेवा निगमका लागि जहाज थप्दै लाने र व्यवस्थापन सुधार गर्ने विषयमा सरकारबाट पूर्णसहयोग हुने बताएका छन् ।

पर्यटन क्षेत्रमा नयाँ प्रविधि र व्यवस्थापन प्रयोग हुँदै आएको सन्दर्भमा निगमले पनि प्रतिस्पर्धी क्षमता विकास गर्दै लानुपर्ने उनले बताए । ‘संस्थाको प्रतिष्ठा वृद्धि भए त्यसमा काम गर्ने कर्मचारीको सम्मान पनि बढ्छ,’ निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेका देवकोटाले भने, ‘निगमले प्रस्तुत गर्ने व्यावहारिक योजना कानुनसम्मत तथा विवेकसम्मत अगाडि बढाइने तर कसैको दबाबमा पर्दैनौं ।’

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले हाल तीनथान जहाजबाट आठ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको जानकारी दिए । चाँडै दुईथान ठूला आकार (वाइड बडी) जहाज आइपुग्ने र ती जहाजबाट दक्षिण कोरिया, जापान र साउदी अरबलगायत देशमा उडान गर्ने बताए । ‘व्यवस्थापन सुधार र विस्तारै जहाज थप्न निगम सक्रिय छ,’ सञ्चालक समितिका नवनियुक्त अध्यक्ष देवकोटालाई स्वागत गर्न आयोजित कार्यक्रममा कंसाकारले भने ।

त्यसैगरी निगमका कर्पोरेट डाइरेक्टर रविन्द्र श्रेष्ठले सरकारको पूर्णसहयोगको अपेक्षा गरे भने आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगीले निगमको विकासमा सरकारको भूमिकाबारे बोलेका थिए ।
 

प्रकाशित: १९ माघ २०७४ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App