१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटन उकास्न मिसन र कार्यान्वयन आवश्यक

काठमाडौं – नेपालको पर्यटन उद्योग प्रवद्र्धन गर्न मिसन सहित कार्यन्वयनमा जानुपर्ने पर्यटन व्यवसायीले बताएका छन् । टेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) ले पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाको नयाँ नेतृत्वलाई बधाइ ज्ञापन गर्न आयोजना गरेको कार्यक्रमका वक्ताहरुले पर्यटन प्रवद्र्धन गर्न मिसन र कार्यान्वयन आवश्यक भएको बताएका हुन् ।

टानका महासचिव आङपेम्बा शेर्पाले पर्यटन संस्थाबीच पारदर्शी समन्वयात्मक सम्बन्ध भएमात्रै नेपालको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न सकिने बताए । पर्यटन प्रवद्र्धनको नारामात्रै नभएर कार्यान्वयनका लागि संस्थाबीच औपचारिक सहकार्य हुनुपर्ने शेर्पाको भनाइ थियो ।  टानका अध्यक्ष नवराज दाहालले पर्यटन पवद्र्धनका समस्या पहिचान गरी संयुक्त रुपमा सहकार्य गर्नुपर्ने बताए । अध्यक्ष दाहालले पर्यटनसँग सम्बधित, सवारी साधन, होटल, गाइडबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

‘सरकारसँग हाम्रो समस्याको विषयमा संयुक्त रुपमा माग गर्नुपर्छ । आफूखुसी सरकारका मन्त्रीलाई भेटेर आम पर्यटनको समस्या सम्बोधन हुँदैन,’ उनले भने । नेपाल पर्यटन बोर्डले टानलाई दिने टिम्सको रकम विभिन्न कारणले रोकिएको छ । यसलाई बोर्डले छिटोभन्दा छिटो टुंग्याउन जरुरी रहेको दाहालको भनाइ छ ।
टानले उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका पदाधिकारी, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा), पाटा नेपाल च्याप्टर, टुरिस्ट गाइड एसोसिएन अफ नेपाल (टुर्गान), टुरिस्ट बस एसोसिएसन अफ नेपाल र नेपाल मगर टुरिस्ट सोसाइटीको नयाँ नेतृत्वलाई बधाइ दिएको हो ।
टानले पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाको नयाँ नेतृत्वलाई बधाई दिन आयोजना रेको कार्यक्रम ।
 

 

प्रकाशित: १९ माघ २०७४ ००:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App