१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

धरानलाई हराउदै पुलिस फाइनलमा प्रवेश

तस्बिर : गोलनेपाल डटकम

पोखरा – नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  विहिबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा धरान फुटब क्लवलाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै पुलिसले फाइनलमा थ्री स्टारसँगको भेट पक्का गरेको हो। 

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसका लागि पहिलो हाफको २२ औं मिनेटमा सुमन लामाले पेनाल्टीमार्फद गरेको गोलनै पुलिसलाई फाइनलमा प्रवेश गराउन महत्वपूर्ण बन्यो । डि बक्सभित्र धरानका रोमन लिम्बुले पुलिसका रबी पासवानलाई लडाएपछि पुलिसले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई सदुपयोग गर्दै सुमनले गोल गरेका थिए। 

खेलअवधिभर धरान फुटबल क्लवले पाएका केही सुन्दर मैकालाई सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाटै घर फर्कन बाध्य बनेको हो। 
क्वाटरफाइनलमा बलियो टोली त्रिभुवन आर्मीलाई हराउदै अघिल्लो चरणमा स्थान बनाएको धरानले आज भने सोही स्तरको खेल देखाउन सकेन ।  पुलिसले अब उपाधिका लागि थ्री स्टार क्लबसँग माघ २० गते प्रतिस्पर्धा गर्नेछ। 

यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशको उत्तर बरिन्धरा फुटबल क्लबलाइ ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै थ्री स्टारले फाइनलको यात्रा तय गरिसकेको छ।

क्वाटरफाइनलमा त्रिभुवन आर्मीलाई टाईब्रेकरमा ५–४ ले पराजित गर्दै धरान र मनाङ मस्याङ्दीलाई ३–१ ले निराश पार्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेका थिए । आहा रारा गोल्डकपको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्ने छन् । हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइने आयोजकले जनाएको छ।
 

प्रकाशित: १८ माघ २०७४ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App