१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

३ नम्बर प्रदेशको प्रदेश सभा बैठक सुरु

हेटौंडा- संघीय नेपालको पहिलो प्रदेशसभा बैठक ३ नम्बर प्रदेशको हेटौंडामा सुरु भएको छ। प्रदेश प्रमुख अनुराधा कोइरालाले बिहीबार दिउँसो १ बजेका लागि पहिलो बैठक आह्वान गरेकी थिइन्।  प्रदेशसभा सचिवालय रहेको मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाको भवनमा बैठक बसेको हो। बैठकको जेष्ठ सदस्य डाेरमणि पाैडेलले अध्यक्षता गरेका छन्।
निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम परिणाम बुझाएको २० दिनमा पहिलो बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ। माघ ७ गते ३ नम्बर प्रदेशका सदस्यहरूले पद तथा गोपनियताको सपथग्रहण गरेका थिए।

सांसदहरूलाई हेटौंडाका होटलहरूमा होटल एशोसिएसन मकवानपुरले ४० प्रतिशत छुट दिने जनाएको छ। प्रदेश सांसदलाई स्वागत गर्दै हेटौंडाका मुख्यचोक तथा सडकमा स्वागतद्वार, तुल, ब्यानर राखिएको छ। प्रदेश ३ मा ११० सदस्य छन् ।

प्रकाशित: १८ माघ २०७४ ०७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App