सन्दर्भ : कांग्रेस पुनरूत्थानको

बिहिबार, १८ माघ २०७४, ०९ : ४३ हरि अधिकारी

कुनैबेला बहुदलीय पद्धतिको पर्यायवाची मानिने देशकै सबैभन्दा पुरानो र प्रसिद्ध राजनीतिक संगठन नेपाली कांग्रेस पार्टी पछिल्लो केही समययता आएर निकै शिथिल देखिएको छ । यसको जनाधार नराम्रोसँग खस्किएको छ ।  आफ्ना कार्यकर्ता, समर्थक र आममतदातालाई आफूतिर आकर्षित गराइरहन त्यस पार्टीसँग समानुकूल नारा, नीति, कार्यक्रम र योजना नै नभएको लाग्न थालेको  छ । लामो राजनीतिक संघर्षको आँचमा खारिएर आएको र संगठित कार्यकर्ताहरूको बलभन्दा सर्वसाधारण जनताको समर्थनमा टिकेको भएकाले नेपालको राजनीतिमा अहिले नै त्यस पुरानो र प्रतिष्ठित दलको महŒव र सान्दर्भिकता समाप्त भइसकेको निश्कर्ष निकालिहाल्नु भने वस्तुपरक  हुन सक्दैन । तर स्वप्नद्रष्टा नेता बिपी कोइरालाको परिकल्पनामा खडा भएको र हजारौँ युवा नेपालीको लगन, निरन्तरता, त्याग, साहस र  वलिदानको ऊर्जा लिएर अगाडि बढेको त्यो राजनीतिक संगठन देशमा भएको अर्को राजनीतिक शक्ति कम्युनिस्टहरूको गठबन्धनभन्दा चुनावी अंकगणितका आधारमा हेर्दा प्रष्टतः पछाडि परेको छ । प्रतिनिधिसभाको हालै सम्पन्न निर्वाचनमा त्यस दलका अधिकांश ठूला नेताहरू पराजित भएका छन् । पार्टीको नेतृत्व आफ्नो ऐतिहासिक विरासत धान्न पूर्णतः असफल सिद्ध भएको छ।

पहिले स्थानीय तहको चुनावमा नमीठो पराजय भोगेको कांग्रेस नाम गरेको त्यो, देशकै पहिलो संगठित राजनीतिक पार्टी गत मंसिरमा सम्पन्न केन्द्रीय संसद् प्रतिनिधिसभा र प्रादेशिक सभाहरूको चुनावमा पनि केही दिनअघि मात्र अस्तित्वमा आएको वामपन्थीहरूको गठबन्धनबाट पूर्णरूपेण पराजित भएको छ । आजको घडीमा देशका अधिकांश नगर र गाउँपालिकाहरूमा वामपन्थी उम्मेदवारका रूपमा स्पर्धा गरेका जनप्रतिनिधिहरू  पदासीन भएका छन् भने कुनै प्रकारको असामान्य परिस्थिति पैदा नभएका खण्डमा देशको केन्द्रीय सत्तामा पनि प्रतिनिधिसभामा पूर्णबहुमत प्राप्त समूहका रूपमा कम्युनिस्ट मोर्चाले छिट्टै राज गर्नेछ । चुनाव प्रचारको रन्कोमा कुनै कम्युनिस्ट नेताले भनेका थिए क्यारे– ’शेरबहादुर देउवा यस देशमा नेपाली कांग्रेसका  तर्फबाट बन्ने अन्तिम प्रधानमन्त्री हुनेछन् ।’ अहिले कांग्रेसको विपक्षमा, त्यसको घरभित्र र बाहिर, जुन किसिमको परिस्थिति बन्दै गएको छ त्यसलाई हेर्दा देउवा कांग्रेसबाट हुने अन्तिम प्रधानमन्त्री होलान् वा नहोलान्, त्यो बेग्लै विषय हो तर उनको पार्टी नेपाली कांग्रेस लामो समयसम्म सत्ताको मञ्चबाट बाहिर रहने अवस्थामा पुगेको भने पक्कै देखिन्छ।

त्यो एउटा २ नम्बर प्रदेश, जसलाई दुर्नियतवश नै देशका अरूखाले भूगोलबाट अलग राखिएको छ, त्यहाँ भारतपरस्त नेताहरूको वर्चश्व भएका क्षेत्रीय पार्टीले चुनाव जितेका छन्।

हाम्रो देशमा सुरुदेखि नै दोस्रो शक्तिका रूपमा रहँदै आएका कम्युनिस्टलाई गणतान्त्रिक नेपालका लागि सर्वौषधि मानेर, सम्भवतः पश्चिमा मित्रहरूद्वारा सुझाइएको र हाम्रा अल्पदृष्टि नेताहरूले शिरोधार्य गरी स्वीकार गरेको संघीय संरचना निक्कै फापेको छ भन्न सकिन्छ । संघीय संरचनाअन्तर्गत गठन हुने प्रदेशसभाहरूका लागि भएको चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वामपन्थी गठबन्धनले ७ प्रदेशमध्ये २ नम्बरबाहेक सबै प्रदेशमा जीत हासिल गरेको छ । ती ६ प्रदेशमध्ये ४ मा एमालेले र बाँकी २ मा माओवादी केन्द्रले बहुमतको सरकार गठन गर्नेछन् । त्यो एउटा २ नम्बर प्रदेश, जसलाई दुर्नियतवश नै देशका अरूखाले भूगोलबाट अलग राखिएको छ, त्यहाँ भारतपरस्त नेताहरूको वर्चश्व भएका क्षेत्रीय पार्टीले चुनाव जितेका छन् । यसै महिनाको २४ गतेका लागि तोकिएको राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भई केन्द्रीय संसद्ले पूर्णता पाएपछि सम्भवतः आजको दिनले ३ साताभित्र केन्द्रीय र प्रादेशिक सरकारहरू विधिवत् गठन भई यस देशका ठूला कुर्सीहरूमा जताततै कामरेडहरू विराजमान भएको देख्न पाइनेछ । संसारभरि नै शासकीय शक्तिका रूपमा नपत्याइएका र टिक्न नसकेका कम्युनिस्टहरूका लागि नेपालमा प्राप्त हुने त्यो राजनीतिक सफलता एउटा अद्भूत कीर्तिमान र रोमाञ्चक अनुभव सावित  हुनेछ।
आफ्नो स्थापनापछिको करिब ७ दशक लामो राजनीतिक यात्रामा नेपाली कांग्रेस पार्टी समग्रको मनोबल अहिले सबैभन्दा कमजोर विन्दुमा झरेको छ । सभापति शेरबहादुर देउवा पार्टी प्रमुख र प्रधानमन्त्री दुवै हैसियतमा आफ्नो प्रतिरक्षा गर्नै नसक्ने ढंगले असफल भएका छन् । तर उनी आफ्नो त्यो असफलतालाई इमानदारीका साथ स्वीकार गरेर पार्टीको अस्तित्व रक्षाका लागि चाल्नुपर्ने आवश्यक कदम पहिल्याउन सकिरहेका अथवा चाहिरहेका छैनन् । उनको यो असमञ्जसले पार्टीको संकटलाई सम्बोधन गर्नबाट रोकिरहेको छ । उनीपछिका नेताहरू त झनै अन्यौलमा छन्, किंकर्तव्यविमूढ बनेका छन् र आफ्नो मनको जडतालाई पार्टीमाथि थोपरिरहेका छन् । उनीहरूमा किन हो असुरक्षाको भावना फैलिएको देखिन्छ । त्यसैले उनीहरूमध्ये सबैले आफ्ना वफादारहरूको साना÷साना गुट बनाएका छन् । त्यही गुटगत राजनीतिको दुष्प्रभावले हुनुपर्छ, पार्टीभित्र केन्द्रीय नेताबीच मात्र होइन, तल तल तृणमूलसम्मै कार्यकर्ताबीच आपसमा विश्वासको गहिरो संकट छ । कुनै पनि कार्यकर्तालाई आफू पार्टी समग्रको कार्यकर्ता भएकोमा न विश्वास छ न त गौरवबोध नै । त्यसैले अहिलेको प्रत्येक कांग्रेस कार्यकर्ता अनिवार्यरूपमा एउटा न एउटा गुटको वफादार सदस्य बनेको छ।

पार्टीभित्र जरो गाड्न पुगेका माथि चर्चा गरेका विसंगति र विकृतिले नेपाली कांग्रेसमा आइलागेको संकटको एउटा आयामलाई देखाउँछन् भने त्यसको संकटका अरू आयाम बेग्लै किसिमका छन् र ती थप चिन्ताजनक छन् । सर्वसाधारण जनताको समर्थनको सम्बलमा टिकेको पार्टी नेपाली कांग्रेसले आफ्ना समर्थक लोकतन्त्रवादी जनताको आफूप्रतिको विश्वास गुमेको क्षण कल्पना पनि गर्न सक्दैन । तर त्यस पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकका लागि खतराको संकेत के छ भने पढे÷लेखेको, चिन्तनशील, लोकतन्त्रवादी, मध्यमवर्गीय नेपाली जनताका मनमा रहेको कांग्रेसप्रतिको विश्वासको दियो निंभ्ने क्षणमा पुगिसकेको छ । परस्पर विश्वासको दीप प्रज्ज्वलित गराइरहन दुवै पक्षले आआफ्ना न्यूनतम् कर्तव्य पूरा गर्नुपर्छ । त्यसबाहेक दुवैका बीच आवश्यक तहसम्म मात्र नै किन नहोस्, सल्लाह÷साउती र सम्वाद लगातार चलिरहनुपर्छ । खेदको कुरो, कांग्रेस र उसका आधारका रूपमा रहेका सर्वसाधारण जनताबीच सम्वादको डोरी चुँडिएको धेरै दिन भइसकेको छ । शेरबहादुर देउवा सभापति भएपछि पार्टी र समर्थक वर्गबीचको चुँडिएको सम्वादको त्यो डोरीलाई बडो धृष्टताका साथ असरल्ल छोडिदिएका छन् ।
नेपाली राजनीतिको पहिलो पंक्तिको दायाँ छेउतिर धकेलिएको कांग्रेसका लागि अहिलेको पराजयको धक्का यसको पुनरुत्थानको अवसर पनि हुनसक्छ भन्दैछन् पार्टीका केही नेता र पार्टीभन्दा बाहिरका केही स्वघोषित जानिफकार पनि । असफलता नै सफलताकी जननी हो भनेर हामीले स्कुलमै छँदा पढेको पनि हो । त्यसैले नेपाली कांग्रेस पार्टीले अहिले पाएको हारको चोटलाई पार्टीको शुद्धीकरण, सवलीकरण र पुनरुत्थानको उत्प्रेरणा बनाउन सक्दैन भन्ने केही कुरो छैन । तर यहाँनेर प्रश्न उठ्छ– कांग्रेसलाई आजको दुरावस्थाबाट बाहिर निकाल्न के यसका सभापति देउवासहितका अहिलेका नेताहरू कुनै ठूलो आयतनको, कडा र निर्णायक कदम चाल्न तयार छन् ? कांग्रेस भविष्यको नेपाल प्रजापरिषद् बन्ने कि एउटा जीवन्त, सशक्त र जनप्रिय राजनीतिक संगठनका रूपमा फेरि एकपल्ट नेपाली क्षितिजमा देखापर्ने भन्ने सवालको जवाफ यसैमा निहित छ । कांग्रेसको पुनरुत्थान गर्ने हो भने तत्काल नै तल लेखिएका कदम चाल्नु जरूरी छ :

– सभापतिलगायत पार्टीका सबै तहका सम्पूर्ण पदाधिकारी, निर्वाचित सदस्य र क्रियाशील सदस्यको पदमुक्ति।
– पार्टीको क्रियाशील सदस्यता छानबिन र वितरणका लागि केन्द्रमा ५ सदस्यीय र प्रत्येक जिल्लामा ३ सदस्यीय सर्वाधिकार सम्पन्न समिति गठन।
– क्रियाशील सदस्यताको मामिला तीन महिनाभित्र टुंग्याई चरणगतरूपमा वडासमितिदेखि केन्द्रसम्मको चुनाव।
– गएका चुनावहरूमा विद्रोह गरेका, अन्तर्घात गरेका, कुनै पनि प्रकारको फौजदारी अभियोगमा मुछिएका र देखिनेगरी व्यावसायिक स्वार्थ गाँसिएका व्यक्तिलाई क्रियाशील सदस्यताभन्दा माथि जान बन्देज।
– भ्रातृ संगठनहरू खारेजी । खारेजै नगर्ने भए तिनलाई पार्टीको राजनीतिबाट पृथक राख्ने।
– पार्टीका केन्द्रीय पदाधिकारी र सरकारमा पठाइएका व्यक्तिका पत्नी र सन्तानलाई पार्टीका तर्फबाट उमेदवार बनाउन र लाभका पदमा नियुक्त गर्न बन्देज।
– सभापति चुनिने व्यक्तिले विधानले तोकेबमोजिमको काम निश्चित समयसीमाभित्र गर्नैपर्ने, गरेन भने उसको पदमुक्ति ।
यस लेखकलाई अलिकति पनि विश्वास छैन नेकांको वर्तमान नेतृत्व समूह माथि लेखिएका काम गर्न तयार हुनेछ । त्यसो भए के त ? यस देशका सम्पूर्ण लोकतन्त्रवादी संवेदनशील जनताका बीचबाट एउटा वैकल्पिक लोकतान्त्रिक राजनीतिक संगठनको अभ्युदय !








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad