१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

क्लासिकटेकको अफर

काठमाडौं – क्लासिक टेकले नयाँ इन्टरनेट अफर ‘सित्तैमा’ बजारमा ल्याएको छ ।यस सित्तैमा अफर अन्तर्गत क्लासिक टेकले वार्षिक ग्राहकलाई जडान खर्च, वाइफाई राउटर र फाइबर केबलका सम्पूर्ण खर्च सित्तैमा उपलब्ध गराउने भएको छ ।

त्यसैगरी, १२ एमबिपिएस इन्टरनेट प्रतिमहिना सात सय ७७ रुपैयाँमा, १८ एमबिपिएस नौ सय ९९ रुपैयाँमा, ३० एमबिपिएस एक हजार ९९ र ६० एमबिपिएस ११ सय ९९ का दरले ल्याएको कम्पनीले जनाएको छ ।यो नेपालकै सस्तो र गुणस्तरीय सेवा भएको कम्पनीको दाबी छ । विगत ८ वर्षदेखि इन्टरनेट तथा इन्ट्रानेट र आइसिटी सम्बन्धित सेवा प्रदान गर्दै आएको यस इन्टरनेट प्रदायक कम्पनीले नेपालको ७२ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको जनाएको छ ।

प्रकाशित: १८ माघ २०७४ ०१:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App