१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

उपकप्तान ज्ञानेन्द्रले बनाए १ सय ५४ रन (फोटो फिचर)

काठमाडौं– उपकप्तान ज्ञानेन्द्र मल्लले सतक बनाउनुका साथै लेग स्पिनर सन्दीप लामिछानेले चार विकेट लिएपछि नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन दुईको तयारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेको नेपाली राष्ट्रिय टोलीले बुधबार लगातार दोस्रो जित हासिल गरेको छ।

यही माघ २५ देखि नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन दुईको विशेष तयारीस्वरुप अभ्यास खेल खेल्न नेपाल युएई गएको हो। टोली उतैबाट नामिबिया जानेछ। नेपालले बुधबार पनि युएई ‘ए’ माथि १ सय ९३ रनको फराकिलो अन्तरमा जित हासिल गर्‍यो। मंगलबार पहिलो खेलमा पनि यही प्रतिद्वन्द्वीलाई नेपालले २५ रनको नतिजामा हराएको थियो।

ज्ञानेन्द्र मल्लको १ सय ५४ रन प्रेरणामा नेपालले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३३ रन बनाएको थियो। ज्ञानेन्द्रले १ सय ३१ बलमा १७ चौका प्रहार गरे। नेपालका लागि ज्ञानेन्द्रका ओपनिङ पार्टनर दीलिप नाथले ७९ बलमा ६ चौका र २ छक्कासहित ६४ रनको योगदान गरे। यसैगरी आरिफ शेखले ३३ बलमा २ चौकासहित ४१ रन बनाए भने दीपेन्द्रसिंहले ३४ बलमा ३ चौकाका साथ ३४ रन नै जोडे । यसैगरी अनिलकुमारले १८ बलमा १४ रन बनाउँदा १ चौका प्रहार गरे ।

जवाफमा ३ सय ३४ रनको लक्ष्य लिएर ब्याटिङ गर्न आएको युएई ‘ए’ ४०.२ ओभरमा १ सय ४० रनमा अलआउट भयो ।

सनसनीपूर्ण लेग स्पिनर सन्दीपको नाममा चार विकेट

आइतबार आइपिएल अक्सनमा दिल्ली डेयरडेभिल्सले आधार मुल्य २० लाख भारतीय रुपैयाँमा खरिद गरेका सन्दीपले चार तथा कप्तान पारस खड्काले दुई विकेट लिएपछि विपक्षीको इनिङ कम रनमा खुम्चिएको थियो । दिल्ली डेयरडेभिल्सको रोजाईमा परेपछि सन्दीप आइपिएलको टोलीसँग आबद्ध हुने पहिलो नेपाली क्रिकेटरका रुपमा इतिहास लेख्न सफल भएका थिए।

तस्बिर सौजन्य: रमन सिवाकोटी

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App