१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लिभरपुल विजयी हुदा आर्सनल भने पराजित

लण्डन – इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा लिभरपुलले हडल्सफिल्ड टाउनलाई ३–० ले पराजित गरेको हो।

लिभरपुलको जितमा खेलको २६ औं मिनेटमा इम्रे क्यान, पहिलो हाफको ईन्जुरी समयमा रोबर्टो फिर्मिनो र ७८ औं मिनेटमा पेनाल्टीमार्फद मोहम्मद सलाहले गोल गरेका थिए। जितपछि चौंथो स्थानको लिभरपुलको २५ खेलबाट ५० अंक भएको छ । पराजित टोली हडल्सफिल्ड भने लिगमा २४ अंक जोडदै १४ औं स्थानमा छ। 

त्यस्तै रातिनै सम्पन्न अर्को खेलमा आर्सनल भने स्वान्सी सिटीसँग ३–१ ले स्तब्ध भएको छ । 

खेलको ३३ औं मिनेटमा आर्सनलका नाचो मोन्रीयलले गोल गर्दै अग्रता दिलाएपनि त्यसको १ मिनेटपछि स्वान्सीका  सामुयल क्लुकासले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।  पहिलो हाफमा दुवै टोलीले बराबरी खेलेपनि दोस्रो हाफमा स्वान्सीले २ गोल गर्दे जित निकाल्न सफल भयो । स्वान्सीका लागि खेलको ६१ औं मिनेटमा जोर्डन आयु र ८६ औं मिनेटमा पुन क्लुकासले गोल गरेका थिए ।

जितपछि रेलिगेशन जोनबाट बाहिर निस्किएको स्वान्सी २५ खेलबाट २३ अंक जोडदैै लिगको १७ औं स्थानमा आएको छ । यता पराजित आर्सनलको भने २५ खेलबाट ४२ अंक भएको छ र उ लिगको छौटौं स्थानमा यथावत छ । 

लिगको अर्को खेलमा भने वेस्ट ह्याम युनाटेड र क्रिस्टल प्यालेसले १–१ गोलको बराबरी खेलेका छन् ।

 

प्रकाशित: १७ माघ २०७४ ०५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App