१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

संघको नयाँ नेतृत्व सक्रिय

काठमाडौं – गैर आवासिय नेपाली संघको नयाँ नेतृत्वले संघले अगाडि सारेका पुराना कामलाई निरन्तरता दिँदै केही नयाँ काम पनि सुरु गरेको बताएको छ ।

संघका अध्यक्ष भवन भट्टले पूर्व कार्यकालमा सुरु भएका लाप्राक नमूना वस्ती, संघको सचिवालय भवन निर्माण, शंखमुल पार्कलगायत अधुरा कामको निर्माण दु्रत गतिमा रहेको जानकारी दिए । उनले नयाँ नेतृत्वले सामाजिक तथा परोपकारी कार्यमा पनि विगतमा जस्तै काम गर्दै आएको बताए ।

अध्यक्ष भट्टले राजधानीमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै नयाँ नेतृत्वले नेपालमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गरिएको जानकारी दिए । उनका अनुसार गत साता बेलायतमा लगानी कोष सम्बन्धी कार्यशाला गोष्ठी पनि आयोजना गरिएको थियो ।

उक्त योजना अन्तर्गत नेपालमा नै एक लगानी कोष दर्ता गरिनेछ । कोषमा रकम जम्मा र संचालन गर्ने लगायत विषयका कानुनी प्रावधानबारे नेपालका सरोकारवाला निकायसँग छलफल भइरहेको जानकारी पनि भट्टले दिए ।
 

प्रकाशित: १७ माघ २०७४ ०२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App