१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अशोक लेलैन्डको क्याप्टेन टिपर

काठमाडौं – आइएमई मोटर्स प्रालिले भारतीय अटो निर्माता अशोक लेलैन्डको क्याप्टेन टिपर नेपालमा बिक्री सुरु गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रम गरी उक्त टिपर सार्वजनिक गरेको हो ।कार्यक्रममा आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेलैन्ड लिमिटेडका ग्लोबल ट्रकको अध्यक्ष अनुज कथुरियाको उपस्थिति रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, आइएमई मोटर्सका निर्देशकहरु सन्दिप अग्रवाल, सुमन पोखरेल, ईश्वर कार्की, आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी, अशोक लेलैन्ड ग्लोबल ट्रक्स उपाध्यक्ष सुभेन्दु मोइत्रा लगायतको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
क्याप्टेन गाडीमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक विशेषताहरु भएकाले चलकलाई गाडीको विभिन्न अवस्थाबारेमा जानकारी मिल्ने विज्ञप्तिमा छ ।

राम्रो कार्यदक्षता र आरामदायी चालक क्याबिनलाई यसका विशेषता भनिएको छ । यसमा ६ प्रकारको एड्जस्टेबल सस्पेन्डेड चालक सिट, टिल्टेबल र टेलिस्कोपिक स्टेरिङ र वातावरण अनुसारको क्याबिन र म्युजिक सिस्टम रहेको बताइएको छ ।

भारतमा सन् २०१४मा सार्वजनिक गरेको क्याप्टेन सिरिजका ट्रक तथा टिपरहरु १६ देखि ४९ टनसम्मका छन् । अशोक लेलैन्डमा यात्री परिवहनको १८ देखि ८० सिट क्षमताका विभिन्न बस छन् । मालबाहक वर्गमा २.५ टन देखि ४९ टनसम्मका विकल्पहरु छन् ।

 

प्रकाशित: १७ माघ २०७४ ०१:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App