१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अशोक लेलैण्डको क्याप्टेन टिपर नेपालमा

काठमाडौं – आइएमई मोटर्स प्रालिले अशोक लेलैण्डको व्यवसायिक टिपर ‘क्याप्टेन’को नेपालमा विक्री वितरण सुरू गरेको छ। भगिनी संस्थाले सोमबार होटेल ह्यात रिजेन्सीमा एक कार्यक्रमको आयोजना गरी ‘क्याप्टेन’ टिपर सार्वजनिक गरेको हो।

विश्वमा ९ ओटा उत्पादन प्लान्ट रहेको अशोक लेलैण्डका नेपालमा ट्रक÷टिपर, बस, साना तथा मझौला व्यबसायिक गाडीहरू, डिफेन्स प्रयोजन लगायत अन्य बिशेष गाडीहरू उलब्ध छन्।  

कार्यक्रममा बोल्दै आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैण्डका ट्रकले नेपाली बजारमा विश्वसनीय ब्रान्ड बनाइसकेकाले नयाँ क्याप्टेनले पनि ग्राहकको अपेक्षा अनुरूप काम गर्ने विश्वास लिएको बताए।

कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, आइएमई मोटर्स प्रा.लि.का
निर्देशकहरू सन्दिप अग्रवाल, सुमन पोखरेल, इश्वर कार्की, अशोक लेलैन्ड ग्लोबल ट्रक्र्सका उपाध्यक्ष  सुभेन्दु मोइत्रा, कम्पनीकै पूर्वी पार्कि, क्षेत्रिय प्रबन्धक तन्मय मित्र, आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल र अशोक लेलैण्ड लिमिटेड ग्लोबल ट्रकका अध्यक्ष अनुजक थुरिया लगायको उपस्थिति रहेको थियो।

आइएमई मोटर्स प्रा.लि. नेपालका लागि अशोक लेलैण्ड कमर्सियल गाडीहरूको आधिकारिक बिक्रेता हो। नेपालभरी आफ्ना शाखा तथा डिलरका सेल्स, सर्भिसर पार्ट्स नेटवर्क मार्फत आइएमई मोटर्सले सेवा प्रवाह गर्दै आएको छ।

प्रकाशित: १६ माघ २०७४ १४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App