१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रोल्पाले भुलेको सहिद दिवस

रोल्पाको थवाङ। फाइल तस्बिर

रोल्पा- माघ १६ अर्थात सहिद दिवस। देशभर विभिन्न कार्यक्रम गरि सहिद दिवस मनाईयो तर रोल्पा सुनसान रह्यो। अहिलेसम्मको देश भरकै तथ्याङ्क हेर्दा माओवादी द्धन्द्धमा यहाँ सवैभन्दा धेरै मृतक छन्। जसलाई माओवादी सहिद भन्छन्। तर सहिद दिवसको दिन जिल्लामा कसैले पनि कुनै कार्यक्रम गरेनन्। जिल्लामा प्राय दिवसहरु मनाउने जिल्ला प्रशासन कार्यालयले पनि यसपाला केहि कार्यक्रम गरेन।

‘केन्द्रवाट कुनै औपचारीक कार्यक्रम गर्न भनिएन, आफ्नै ढंगले कार्यक्रमहरु गर्नु भनिएको थियो। र्‍याली तथा अन्तर्क्रिया कार्यक्रम गर्न सकिन्थ्यो तर गरिएन।’ प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले भने। हिजोको १० वर्षको शसस्त्र युद्ध गरेर धेरै सहिद कमाएका कुनै पनि माआवादी घटकले सहिदहरुलाई सम्झेनन्।

‘यो सहिद प्रतिको अपमान हो। सहिदले गरेको वलीदानि भुल्दै गएको प्रमाण हो। सत्तामा गएपछि यति छिटो सहिद नै भुल्दा रहेछन’ एक सहिद परिवारका सदस्यले भने। दश बर्षे द्धन्द्धमा रोल्पाका ९ सय ६९ जनाले ज्यान गुमाएका थिए।  माओवादी मात्र होइन जिल्लमा क्रियासिल अन्य दलले पनि सहिद दिवसमा कार्यक्रम गरेनन्।

प्रकाशित: १६ माघ २०७४ १३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App