१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जिप दुर्घटनामा तीन घाइते

बैतडी – जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ बाँझपानीमा मंगलबार जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।

घाइते हुनेमा जिप चालक कृष्णपुर–२ कञ्चनपुरका ३० वर्षीय महेश भट्ट, गौरीगंगा नगरपालिका–३ कैलालीका ४० वर्षीय वीरबहादुर चौधरी र उनकी ३५ वर्षीया श्रीमती सुनकुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी हेरम्ब शर्माले बताए।

घाइते तीनै जनाको बैतडीमा उपचार हुननसकेपछि थप उपचारका लागि सुदूरपश्चिम उप–क्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ। धनगढीबाट बझाङ जाँदै गरेको बा१६च ८८६५ नं.को जिपखोडपे–बझाङ सडकखण्डको बाँझपानीमा दुर्घटनामा परेको हो। सडकमा तुसारो जमेकाले जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ माघ २०७४ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App